Close This

सर्लाही ३ मा सत्ता गठबन्धनका नरेन्द्रको जीत सुनिश्चीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२८ गते   ११५० पटक हेरिएको

सर्लाहीको क्षेत्र नं. ३ मा सत्ताधारी गठवन्धनका उम्मेदवार नरेन्द्र प्रसाद साह कलवालको जीत सुनिश्चीत भएको छ । सक्ता गठबन्धनका उममेदवार र विपक्षी नेकपा–जसपा गठवन्धन दुवैतर्फका उम्मेदवारले मनोनयन भएको भएपनि सत्ताधारी गठवन्धनका उम्मेदवार नरेन्द्रको जीत सुनिश्चीत भएको हो ।
२०७४ मा स्वतन्त्रबाट क्षेत्र नम्बर ३ मै गुलाबको फुल छापमा प्रतिष्पर्धा गरेर १२ हजार ८६ मत प्राप्त गर्दै निकै चर्चा कमाएका नरेन्द्रले यस पटक भने सत्ता गठबन्धन भित्रको माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका हुन् । र उनको जीत सुनिश्चीत रहेको नेताहरुले बताएका छन् ।
गत निर्वाचनमा पराजित भएपनि संविधान सभा सदस्य नरेन्द्रले आफ्नो क्षेत्र भित्र शिक्षा, स्वास्थ्य लगायत अन्य विकास निर्माणको क्षेत्रमा तथा गरिब विपन्नलाई सहयोग गर्ने कामलाई निरन्तर जारी राखेका थिए । २०७४ मा निर्वाचित माओवादी केन्द्रका निवर्तमान सांसद रामेश्वर राय यादवले यो पटक नगेन्द्रलाई छाडिदिएका छन् । सत्ता गठबन्धनबाट प्रदेश(क)मा नेकपा(एकिकत समाजवादी)का डिल्ली प्रसाद उप्रेती तथा (ख) मा नेपाली कांग्रेसका हरेस महतोले उम्मेद्वारी दिएका छन् ।
यस्तै, ३ नं. क्षेत्रमा विपक्षी एमाले–जसपा गठवन्धनबाट प्रतिनिधि सभामा पहिलो संविधान सभाका सदस्य हरि उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका प्रभावशाली नेता उप्रेतीसँगै विपक्षी गठबन्धनबाट प्रदेश सभा(क) मा एमालेकै नेता गणेश प्रसाद प्रसाईं र ख बाट जसपाका नेता संजय यादवले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै प्रतिनिधि सभा सदस्यमा राप्रपाबाट केपी शर्माले समेत उम्मेद्वारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय मलंगवा तथा ईलाका प्रहरी कार्यालय हरिवनमा ईन्स्पेक्टरको रुपमा कार्यरत रहँदा निकै चर्चा कमाएका केपी आफै उम्मेद्वार मनोनयन गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । उनी नेपाल प्रहरीको प्रहरी नायव उपरिक्षकबाट सेवा निवृत्त भएका हुन् । राप्रपाले प्रदेश क मा श्रीराम महतो र ख बाट मुकेश कुमार साहलाई उम्मेद्वार बनाएको छ ।
त्यस्तै जनमत पार्टीबाट त्रिभुवन कुमार सिंह,राष्ट्रिय स्वतन्त्र पार्टीबाट पञ्च बहादुर सिङ्तान, हाम्रो नेपाली पार्टीबाट भवानी घिमिरे,बहुजन एकता पार्टी नेपालबाट राज कुमार पासवान,मंगोल नेशनल अर्गनाईजेशनबाट ईन्द्र मान वाईबा,नेकपा(एकीकृत समाजवादी) पार्टीका युवा नेता उत्तर कुमार मैनालीले समेत प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । यस क्षेत्रमा स्वतन्त्र सहित १३ जनाको प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी परेको  भए पनि सक्त गठबन्धनका नरेन्द्रकोजीत सुनिश्चीत रहेको नेताहरुले बताएका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech