दर्शनार्थी चढेको स्कर्पियो रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु

378 Shares

पूर्वपश्चिम राजमार्ग स्थित रौतहटको चन्द्रपुर नगरपालिकाको धन्सार–लमाहा सडक खण्डमा दर्शनार्थी चढेको स्करपियो दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ भने पाँच जना घाईते भएका छन् ।बाराको गढीमाई दर्शन गरेर फर्कँदै गरेका दर्शनार्थी चढेको स्करपियोे रौतहटमा दुर्घटना हुँदा चालकसहित आठ जनाको मृत्यु भएको र पाँच जना घाईते भएका जिल्ला प्रहरी कार्यालय गौर रौतहटले जनाएको छ । 
प्रहरीका अनुसार बा १६ च ३१६२ नम्बरको स्करपियोे अनियन्त्रित भई रोडबाट तल खसि रुखमा ठोक्किएर दुर्घटना हुँदा स्कारपियोमा सवार १३ जना मध्य मृत्यु हुनेमा गढीमाई दर्शन गरेर सिरहा फर्किदै गरेका सिरहाको अर्नामा गाउँपालिका ३ बंठियाटोलका अन्दाजी वर्ष ६० की लरुवती देबि महरा,अन्दाजी वर्ष ३० की उर्मिला महरा,अन्दाजी वर्ष ५० की रामकुमारी महरा,अन्दाजी वर्ष ५५ की महगीं देवि महरा,अन्दाजी वर्ष ६२ की फुलमन्ति देवि चमार,अन्दाजी वर्ष ६०  की राम कुमारी देवि महरा,अन्दाजी वर्ष ३० की सकुन्तला देवि महरा र स्कारपियोका चालक अन्दाजी वर्ष ४० का श्रीकुमार यादव रहेको छन् ।दुर्घटनामा घाइते भएका राधा राम,आर्यन राम,देवकुमारी महरा,रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय गौर रौतहटले जनाएको छ। 

सम्बन्धित समाचार