स्थानीय तह खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रको शासन सुधार कार्यक्रम -Improvement of WASH sector governance in municipality _को अभिमुखिकरण लालबन्दी नगरपालिकामा सम्पन्न भएको छ । नेपाल नगरपालिका संघद्वारा युनिसेफको आर्थिक सहयोगमा संचालित स्थानीय तह खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रको शासन सुधार कार्यक्रमले लालबन्दी नगरपालिकामा आफ्नो अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
.jpg)
लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको लक्ष्य,उदेश्य,अपेक्षित उपलब्धि र मुख्य क्रियाकलापका साथै खानेपानी सरसफाइको क्षेत्र सम्बन्धी मौलिक हक,दीगो विकाश लक्ष्यलाई प्राप्त गर्न सयोग पुग्ने विषयमा नेपाल नगरपालिका संघ केन्द्रिय कार्यालयक वास कार्यक्रमका प्रबन्धक उमशंकर यादवले सहजीकरण गर्नु भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा लालबन्दी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सुचाना अधिकारी ठाकुर बख्रेल(मनोज)ले खानेपानीको सहज पहुच र गुणस्तरीय खानेपानीको बारेमा संस्थाले गरेको कामको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले खानेपानी सरसफाई तथा स्वच्छता विषय एकदमै महत्वपूर्ण भएकाले ऐन नीयम र नीति बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका अध्यक्ष तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख खड्काले खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी ऐन नीति निर्माण गर्नु एकदमै अपरिहार्य रहेको र यो कार्यक्रमले महत्वपुर्ण योग्दान पुर्याउने बताउनु भयो । उहाँले यस विषयमा छिटै सम्बन्धि ऐन नीती बनाई अनुमोदन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले महत्वपुर्ण कार्यक्रम ल्याउने नगरपालिका संघलाई धन्यबाद समेत व्यक्त गर्नु भएको नगर उप प्रमुख शान्ती लामाले जानकारी दिनु भयो ।
कार्यक्रममा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमल्सेना , विभिन्न वडाका वडाअध्यक्षहरु,कार्यपालीका सदस्यहरु र विभिन्न शाखा प्रमुखहरु तथा खानेपानी तथा सरसफाई संस्था लालबन्दीका गरी करिब ४० जनाको सहभागीता रहेको थियो ।