४ सय १ छठ ब्रतालुहरुलाई साडीसेट वितरण

3.4k Shares

रौतहटका चर्चित समाजसेवी कन्थमनी प्रसाद जयसवालले छठ व्रतालुहरुलाई साडी सेट वितरणको अभियन चलाउनु भएको छ । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य समाजसेवी जयसवालले रौतहटका विभिन्न स्थानमा छठ पर्व गर्ने व्रतालुहरुलाई आफ्नो निजि लगानीमा साडीसेट र चुनरी वितरण गर्नुभएको हो ।
 समाजसेवी जयसवालले जिल्लाका विभिन्न गाउँ गाउँमा पुगेर अति गरिव तथा विपन्न परिवारका एकल महिला तथा वृद्धवृद्धाहरुलाई साडी तथा चुनरी वितरण गर्नु भएको हो । नेता जयसवालले मंगलबार छठ व्रत बस्ने १ सय ६५ जना व्रतालुहरुलाई साडी सेट र चुनरी वितरण गर्नु भएको हाम्रा सहकर्मी रुपेन्द्र पटेलले जानकारी दिनु भयो । मंगलबार जिल्लाको गरुडा नगरपालिका —६ पोठियाहीमा १ सय १ जना व्रतालुलाई साडी सेट र चुनरी  वितरण गर्नुभएका नेता जयसवालले मंगलबार साँझ नै गरुडा नगरपालिका १ जयनगरमा पनि ६४ जना छठ ब्रतालुहरुलाई साडी सेट र चुनरी सहयोग गर्नुभएको हो । 
अति गरिव तथा विपन्न महिला, एकल महिला र वृद्धवृद्धाहरुलाई छठ पर्वमा केहि राहत पुगोस भनेर आफुले साडी वितरण अभियान शुरु गरेको समाजसेवी जयसवालले बताउनुभयो । समाजसेवी जयसवालले तिन दिनमा जम्मा ४ सय ६ जना छठ व्रतालुहरुलाई साडी वितरण गरिसक्नु भएको छ । साडी वितरण गर्ने अभियान अझै जारी नै रहेको र बुधबार पनि वितरण गरिने समाजसेवी जयसवालले बताउनुभयो ।  रुपेन्द्र पटेल

सम्बन्धित समाचार