बलराबाट ठुलाे मात्रामा मधिरा सहित २ माेटरसाईकल प्रहरीको नियन्त्रणमा

1.8k Shares

सर्लाहीको बलरा नाकाबाट प्रहरीले ठुलो मात्रामा मद्यिरा सहित २ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । 
सिमा प्रहरी चौकी बलराको प्रहरी टोलीले शुक्रबारबार राती करिब १२ बजेको समयमा बलरा नगरपालिका ३ पश्चिम नाकाबाट नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा ५५ कार्टुन सोफी मद्यिरा र २ वटा  भारतिय मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
प्रहरीका अनुसार चाडपर्वको समयलाई लक्षित गरि नेपालबाट भारत तर्फ मधिराको कारोबार हुने गरेको आशंकामा प्रहरीले आफ्नो गस्तिलाई थप परिचालन गरेको सिमा प्रहरी चौकी बलराका प्रहरी प्रमुख बरिष्ठ सई मोहन मणी कटुवालले बताउनु भयो । वरिष्ठ सई कटुवालका अनुसार मद्यिरा र मोटरसाईकल गरी करिब २ लाख बराबरको रहेका छ ।

सम्बन्धित समाचार