Close This

विद्युत् महसुल साढे २८ करोड सङ्कलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२ गते   ३३७ पटक हेरिएको

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले आर्थिक वर्ष २०७६÷०७७ मा विद्युत् महसुल वापत रु साढे २८ करोड सङ्कलन गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले २८ करोड ५५ लाख ८८ हजार  २ सय २८.९५ रकम संकलन गरेकोे जनाएको छ ।
केन्द्र प्रमुख सुधिर कुमार रायका अनुसार कूल ४२ हजार ८ सय २० जना ग्राहकहरुबाट कार्यालयले सो रकम संकलन गरेकोे हो । कार्यालयले बिक्री गरेको विद्युतमध्ये घरायसी ग्राहकतर्फ ४० हजार ६५ जना ग्राहक रहेका छन । वितरण केन्द्का कुल ग्राहक मध्ये घरायसी ग्राहकको संख्या ९४ प्रतिशत रहेको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका कार्यालय प्रमुख सुधिर कुमार रायले बताउनु भयो ।
केन्द्रमा बर्सेनि नयाँ ग्राहक थपिने क्रम बढ्दै गइरहेको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा मात्रै केन्द्रमा ३ हजार ३ सय ३२ जना नयाँ ग्राहक थपिएका कार्यालय प्रमुख रायले बताउनुभयो । केन्द्रसँग अरु वितरण केन्द्रको भन्दा बढी ग्राहक रहेको भन्दै आफूहरुको कार्यालयलाई चाप पनि परि रहेको प्रमुख रायले बताउनुभयो । लालबन्दी,इश्वरपुर ,वागतमी,हरिवन,हरिपुर कविलासी सहित र हरिपुर नगरपालिकाका अधिकांश क्षेत्रका ग्राहकहरुले विद्युत् महसुल लालबन्दीमा रहेको केन्द्रमा बुझाउनुपर्ने भएका कारण पनि व्यावस्थापकिय समस्या रहेको उहाँको भनाई छ ।
हाल लालबन्दी नगरपालिकाका १७ वटै वडा ,इश्वरपुर,हरिपुर, बागमती र हरिवन नगरपालिका क्षेत्रका ग्राहकहरुले विद्युत् महसुल लालबन्दी वितरण केन्द्रमा बुझाइँदै आएका छन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले  आर्थिक वर्ष २०७६÷०७७ मा ३ सय ३२ जना ग्राहकको विद्युत् लाइन काटेको छ । र उनिहरुबाट १ करोड ७३ लाख ६७ हजार ४ सय १५ रुपैँया रकम संकलन भएको कार्यालयले जनाएको छ । भने चालु आवमा २ सय ४८ जना ग्राहकको लाईन पुन जडान गरिएको छ । जसबाट ९१  लाख १२ हजार ४३.३७ पैसा संकलन भएको कार्यालयले  जनाएको छ ।
दुई महिनाभन्दा बढी समयको विद्युत महसुल भुक्तानी नगर्ने ग्राहकको विद्युत् लाइन काटिएको कार्यालय प्रमुख रायले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६÷०७७ मा वितरण केन्द्रको कार्यक्षेत्रभित्र १ सय ७ जनाले विद्युत चुहावट गरेका र उनिहरुबाट ८ लाख ४० हजार २ सय २७.९१ रकम संकलन भएको कार्यालय प्रमुख रायले जानकारी दिनु भयो । १२ करोड ५६ लाख ६१ हजार७ सय १४ रुपैँया बक्यौता रहेको र त्यो बक्यौता कोरोनाको सन्त्रासका कारण समयमै उठाउन नसकिएको कार्यालयले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech