Close This

पुर्व पश्चीम लोकमार्गमा टाटासुमो दुर्घटना हुँदा पाँच ५ घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२५ गते   १७२६ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालका १ मा टाटासुमो दुर्घटना हुँदा एकै परिवारका चारसहित पाँच जना घाइते भएका छन् । पूर्व–पश्चिम लोक मार्गअन्तर्गत लालबन्दी नगरपालिका १, नवलपुरस्थित बागवानी लच्का नजिकै टाटासुमो दुर्घटना भएको हो ।
पूर्व–पश्चिम लोक मार्गअन्तर्गत लालबन्दी नगरपालिका १, नवलपुरस्थित बागवानी लच्का नजिकै ज १ च ९६२ नम्वरको टाटासुमो आफैँ अनियन्त्रित भइ दुर्घटनामा भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा टाटासुमो चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका १३, पिडारी चोक बस्ने ४० वर्षीय दिलीपकुमार महरा, टाटासुमोका धनी जनकपुरधाम उपमहानगरपालिका १४, रजौल बस्ने ५९ वर्षीय श्रीराम साह, उहाँकी श्रीमती ४५ वर्षीया राजवती साह, छोरी २५ वर्षीया कृति साह र छोरा २० वर्षीय शिरिसकुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
चिउडो र छातीमा चोट लागेर घाइते हुनुभएका टाटासुमो चालकको अवस्था गम्भीर छ भने  अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पाँचैजना घाइते लालबन्दीमा सामान्य उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जनकपुरबाट स्वास्थ्य परीक्षणका लागि आफ्नै गाडीमा भरतपुरतर्फ हिँडेको साह परिवार बुधबार बिहान करिब २ः४५ बजेतिर दुर्घटनामा परेको हो । चालकले आफू निदाएका कारण टाटासुमो अनियन्त्रित भइ नजिकैको रुखमा गएर ठोक्किएको प्रहरी समक्ष बयान दिएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech