सर्लाहीका चार क्षेत्रमा २६ दलका ६१ उम्मेदवार

140 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीका चार वटा निर्वाचन क्षेत्रमा २६ वटा राजनैतिक दलले उम्मेदवारी दिएका छन् ।पछिल्लो समय निर्वाचन आयोगमा एक सय ३७ वटा राजनैतिक दल दर्ता भएपनि सर्लाहीका चार वटा निर्वाचन क्षेत्रमा २६ वटा दलबाट मात्रै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा नौ वटा राजनैतिक दलबाट मात्र उम्मेदवारी परेको छ।नेपाली कांग्रेस,नेकपा(एमाले),नेपाली कम्युनिष्ट पार्टी(नेकपा),राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा),जनता समाजवादी पार्टी(जसपा)नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टी,प्रगतिशिल लोकतान्त्रिक पार्टी(प्रलोपा),राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनमत पार्टीले सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत एवम निर्वाचन अधिकृतको कार्यालयहरुले प्रकाशित गरेको उम्मेदवारहरुको अन्तिम नामावलीमा उल्लेख गरिएको छ ।
त्यस्तै उज्यालो नेपाल पार्टी,आम जनता पार्टी(आजपा) र बहुजन एकता पार्टी नेपालबाट तीन वटा क्षेत्रमा मात्र उम्मेदवारी परेको छ।उज्यालो नेपाल पार्टीबाट क्षेत्र नं. १,३ र ४ मा उम्मेदवारी दिँदा आम जनता पार्टीले क्षेत्र नं. १,२ र ४ मा तथा बहुजन एकता पार्टी नेपालले क्षेत्र नं. १,३ र ४ मा उम्मेद्वारी दिएका छन्।त्यस्तै नेपाल मजदुर किसान पार्टी(नेमकिपा)र मंगोल नेशनल अर्गनाइजेशनबाट दुई वटा क्षेत्रमा उम्मेदवारी परेको छ ।यी दुवै दलबाट क्षेत्र नं. १ र ३ मा मात्रै उम्मेदवारी परेको हो ।१२ वटा राजनैतिक दलबाट एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी परेको छ । क्षेत्र नं. १ मा मात्र उम्मेद्वार खडा गर्ने दलहरुमा नेपाल जनता पार्टी,नेपाल जनता संरक्षण पार्टी,राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र राष्ट्र निर्माण दल नेपाल रहेका छन् ।
त्यस्तै,नेपाल संघीय समाजवादी पार्टी,नेपालका लागि नेपाली पार्टी र युनाइटेड नेपाल डिमोक्रयाटिक पार्टीबाट क्षेत्र नं. २ मा मात्र उम्मेदवारी परेको छ भने क्षेत्र नं. ३ मा मात्र उम्मेदवार खडा गर्ने दलमा नेकपा(माओवादी) रहेको छ । क्षेत्र नं. ४ मा मात्र उम्मेदवारी दिनेमा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) रहेको छ ।
सर्लाहीमा राजनैतिक दलबाट ६१ र स्वतन्त्र ७० गरि जम्मा १३१ जनाको उम्मेदवारी कायम भएको छ।जस अन्तर्गत क्षेत्र नं. १ मा दलका १९ एवम नौ जना स्वतन्त्र,क्षेत्र नं. २ मा दलका १४ जना एवम १७ जना स्वतन्त्र,क्षेत्र नं. ३ मा १५ दलका एवम १९ जना स्वतन्त्र तथा क्षेत्र नं. ४ मा १३ दलका एवम २५ स्वतन्त्र गरी एक सय ३१ जनाको उम्मेदवारी परेको छ ।

सम्बन्धित समाचार