Close This

मुस्लिम आयोग सर्लाहीले अनुगमन प्रतीबेदन पेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-५ गते   ३४२ पटक हेरिएको

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीलाई मुस्लिम आयोग सर्लाहीले अनुगमन प्रतीबेदन बुझाएको छ ।मुस्लिम आयोग सर्लाहीका संयोजक तथा हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाले जिल्ला भरीका २० वटा स्थानिय निकाय मध्य १९ वटा स्थानिय निकायमा गरिएको अनुगमनको प्रतिबेदन प्रमुख जिल्ला अधिकारी जिसीलाई बुझाउनु भएको हो ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएकोे कोरोना भाईरसको महामारीबाट बच्नको लागी जिल्लाभरीका मदरसा, मस्जिद गाउँ तथा टोलहरुमा गएर जनचेतना फैलाउनुको साथै लकडाउनको पालना गर्न पनि आग्रह गरिएको मुस्लिम आयोग सर्लाहीका संयोजक मुस्लिम आयोग सर्लाहीका संयोजक रेजाले बताउनु भयो ।
सर्लाहीको हरिवन नगरपालीकामा भएको कार्यक्रममा हरिवन नगरपालीकाका प्रमुख गणेश प्रसाई, उप प्रमुख रेणुका पौडेल, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक विश्वमणी पोख्रेल, सशस्त्र प्रहरीका उपरिक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक दिलीप कुमार सिंह मुस्लिम आयोग सर्लाही समितीका सम्पुर्ण पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech