बरहथवाबाट नक्कली नोटसहित एक जना पक्राउ

952 Shares

गणेश खड्का
सर्लाहीको बरहथवाबाट नक्कली नोटसहित प्रहरीले दुई वटा मोटरसाईकल सहित एक जनालाई नियन्त्रणमा लिएको छ । बरहथवा नगरपालिका १७ कटानीबाट प्रहरीले एक हजार दरका रु दुई लाख ६८ हजार नक्कली नोट,दुई वटा भारतीय नम्बरका मोटरसाईकल सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । 
उनको साथबाट नक्कली नोटसहित नोट बनाउने कागजात समेत बरामद भएको प्रहरी उपरिक्षक सुवेलीले बताए । अन्य केही व्यक्ति फरार भएकाले पक्राउ परेकाको बारेमा खुलाउन नसकिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रको नेतृत्वमा खटिएको प्रहरी टोलीले २४ बण्डल नोट आकारका कागजसहित बीआर ३० एम ३८२५ र बीआर ३० ए ५९६८ नम्बरको भारतीय प्लेटको मोटरसाइकल समेत बरामद गरेको छ ।
विगत तीन महिनायता नक्कली नोटसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । यसअघि तीन महिनाको अवधिमा प्रहरीले एक हजार दरका ६८ हजार नक्कली रुपैयाँसहित नौ जनालाई नियन्त्रणमा लिई काराबाही प्रक्रिया अधि वढाएको प्रहरी उपरिक्षक सुवेदीले जानकारी दिए ।

सम्बन्धित समाचार