विलविजक विनाकाे २ क्विन्टल धनिया नियन्त्रणमा

430 Shares

पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका १२ कर्मैयामा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेकाे ना १ ज ३३१० नम्बरकाे म्याजिकमा लाेड भएको करिब २ क्विन्टल धनिया ईलाका प्रहरी कार्यालय कर्मैयाकाे टाेलीले नियन्त्रणमा लिएको छ ।

५० किलाेका दरले चार बाेरा धनिया विल विजक नभएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएपछि अनलाइन विल र भ्याट विल बनाएर ल्याएका समेत प्रहरी स्राेतकाे भनाइ छ ।

प्रहरीले करिब १:५० मा उक्त सामान नियन्त्रणमा लिएको भए पनि २:२७ मा अनलाइन विल बनाएर माेवाईलमा देखाईएकाे समेत पाईएकाे छ ।उक्त सामान भन्सार दाखिला हुन्छ कि हुदैन भन्ने हेर्न बाँकी छ ।हाल उक्त चार बाेरा धनिया ईलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको छ ।

सम्बन्धित समाचार