आईतबार दिनभर लालबन्दी क्षेत्रमा विद्युत अवरुद्ध

312 Shares

पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी नगरपालिका १ बागवानीमा रुख ढल्दा लालबन्दी क्षेत्रको बिद्युत अवरुद्ध भएको छ ।बागवानी जंगलमा रुख ढलेर तार चुुडिँदा लालबन्दी क्षेत्रमा शनिबार राखीदेखि आईतबार बेलुका सम्म विद्युत अवरुद्ध भएको हो ।पानीसँगै आएको हावाहुरीले बागवानी लच्का नजिक रुख ढल्दा बिजुलीको तारमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख त्रिभुवन यादवले जानकारी दिए । उनका अनुसार लालबन्दी,पत्थरकोट,परवानिपुर,रानिगन्ज र घारिबथान लगायत क्षेत्रमा आईतबार दिनभर विद्युत अवरुद्ध भएको थियो ।
विद्युत अवरुद्ध हुँदा विद्युतबाट सञ्चालन हुने काम ठप्प भएको छ।ढलेको रुख हटाएर बिजुली सूचारु गराउन आईतबार बिहान ६ बजेदेखि नै प्राविधिकहरु बागवानी पुगेर काम गरिरहेका र साँझबाट विद्युत सेवा सुचारु हुने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार