९५ फरार अभियुक्त माघमा सर्लाही प्रहरीको नियन्त्रणमा

317 Shares

सर्लाहीका विभिन्न स्थानमा ९५ जना फरार अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले पक्राउ गरि सर्लाही जिल्ला अदालत बुझाएको छ।अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले माघ महिनामा विभिन्न मुद्दामा फरार रहेका ९५ जना अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिए ।उनका अनुसार लामो समयदेखि फरार रहेका अभियुक्तहरूलाई अदालतको आदेश अनुसार कैद तथा जरिवाना असुल उपर गर्न पक्राउ गरि पेश गरिएको हो।
माघ महिनामा पक्राउ गरिएका अभियुक्तहरु कुल छ वर्ष,छ महिना,छ दिनको कैद सजाय तथा रु १६ लाख ९४ हजार छ सय २९ बराबरको जरिवाना असुल गर्न अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सिंहले बताए ।उनले प्रहरी प्रशासनले अदालतका फैसलाहरू कार्यान्वयन गर्दै न्याय प्रणालीलाई सशक्त बनाउन निरन्तर खोजतलास तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको बताए । 

सम्बन्धित समाचार