वन संरक्षणका लागि विरुवा उत्पादन र वितरण गर्दै वन कार्यालय सर्लाही

386 Shares

वन संरक्षण तथा हरियाली बनाउने अभियानअन्तर्गत डिभिजन वन कार्यालय सर्लाहीले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्ने गरेको छ।सर्वसाधारण,सामुदायिक,निजी वन,संघ/संस्थाहरूलाई वन कार्यालयले नर्सरीमा उत्पादन भएका विभिन्न प्रजातिका बिरुवाहरू वितरण गर्दै वन तथा वातावरण संरक्षणमा टेवा पु¥याउँदै आएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख एवम डिभिजनल वन अधिकृत सन्तोष कुमार झाले जानकारी दिए ।
उनका अनुसार वृक्षारोपण महा अभियान सञ्चालन गर्न डिभिजन वन कार्यालय सर्लाहीको आफ्ने नर्सरी सहित सव डिभिजन वन कार्यालय लालबन्दी,घार,जानकारीनगर,मलंगवा र मुर्तियाका नर्सरीहरूबाट एकवर्षे,बहुवर्षे र जडीबुटी गरेर यो वर्ष करिब १२ लाख बिरुवा उत्पादन गरिसकेको छ। 
भोलिका दिनमा वन विकास कार्यका लागि विरुवा उत्पादन गर्दै वन क्षेत्र बाहिर हरियाली प्रवद्र्धन गर्न र ऐलानी पर्ती तथा व्यक्तिगत जमिनमा वृक्षरोपण गर्न महा अभिायन सुरु गर्न लागेको डिभिजन वन कार्यालय सर्लाहीले ११ लाख ८६ हजार विभिन्न प्रजातिका विरुवाहरु उत्पादन भएको डिभिजन वन कार्यालय सर्लाहीका योजना शाखा प्रमुख लक्ष्मण साफीले जानकारी दिए ।
उनका अनुसार प्रदेश वन निर्देशनालयको दुई लाख,समृद्धिका लागि वन परियोजनाबाट एक लाख ५० हजार,चुरे उत्थानशील आयोजनाबाट एक लाख,लखनदेही जलधार संरक्षण परियोजनाबाट तीन लाख र राष्ट्रिय वनबाट ३६ हजार बहुवर्षे र चार लाख एक वर्षे गरी विभिन्न प्रजातिका ११ लाख ८६ हजार विरुवा उत्पादन भएका छन् । नर्सरीमा महगनी, टिक, अमला, सिसौ, हर्राे, वर्राे, अम्वा, तेजपत्ता र कल्की फुल लगायतका करिब एक हर्जन प्राजातिका विरुवाहरु उत्पादन भएका छन् ।
उनका अनुसार जलवायु परिवर्तनको असर कम गर्न तथा वातावरण संरक्षण गर्दै राष्ट्रको अर्थतन्त्रमा टेवा पुर्याउन डिभिजन वन कार्यालय सर्लाहीले वृक्षारोपण महा अभियान सञ्चालन गर्न लागेको र सोही अभियानलाई लक्षित गरि ठूलो मात्रामा विरुवा उत्पादन गरिएको हो । ।लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको पुर्व पश्चीम राजमार्गसंगै जोडिएको अतिक्रमणको जोखिममा रहेको करिब सात कठ्ठा जमिनमा घेराबेरा गरी सेड हाउस समेत व्यवस्थापन गरेर स्थानीय बेरोजगार नागरिकहरुलाई रोजगारी सृजना गर्दै मधेश प्रदेश कै उत्कृष्ट नर्सरी बनाउने उद्धेश्य सहित काम भएको डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी एवम सहायक वन अधिकृत हिरोहित चौधरीले बताए ।

सम्बन्धित समाचार