सर्लाहीको मलंगवा नगरपालिका २ स्थित बसपार्कबाटै सञ्चालन हुन पाउनु पर्ने माग गर्दै सर्लाहीका साना यात्रु बाहक सवारी साधनहरुले सर्लाही सदरमुकाम मलंगवामा प्रदर्शन गरेका छन्।केही दिन पहिला जिल्ला प्रशासन कार्यालय सर्लाही र मलंगवा नगरपालिकाले निर्णय नै गरेर केही समय पहिला निर्माण सम्पन्न भएको मलंगवा नगरपालिका २ को बसपार्कबाट पुस १ गतेदेखि बस सञ्चालन गर्ने बताएपछि हौसियका सर्लाहीका यात्रु बाहक यातायात व्यवसायीहरु फेरी दुई कित्तामा बाँडिएका छन् ।
कृषि विकास बैँकको मलंगवा नगरपालिका ९ मा रहेको जग्गाबाट लामो समयदेखि बस सञ्चालन भई रहेकोमा मलंगवा नगरपालिका २ मा बसपार्क निर्माण भएपछि पटक पटक जिल्लाका सरोकारवालाहरुले बस लैजाने तयारी गरेका भएपनि यातायात व्यावसायीहरु विच नै विवाद हुँदा उत्त कार्य हुन नसकेपनि साना यात्रु बाहक सवारी साधनहरु सोही नयाँ बसपार्कबाटै सञ्चालन भई रहेका थिए ।तर सरोकारवालाहरुको पछिल्लो निर्णयले साना यात्रु बाहक सवारी साधनहरुलाई त्यहाँबाट विस्थापित गरी जिल्ला विकास चोकबाट सञ्चालन गराउने तयारी गरेपछि साना यात्रु बाहक सवारी साधनहरु आन्दोलीत भएका रौतहट सर्लाही यातायात प्रा.लि.का अध्यक्ष राजेश कुमार मैनाली(राजकुमार)ले बताए ।

उनका अनुसार आफुहरु सहजै नयाँ बसपार्कमा गएर त्यहीबाट सञ्चालन भई रहेको भएपनि अहिले प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया र मलंगवा नगरपालिकाको एकल निर्णयबाट आफुहरु विस्थापित हसने अवस्थामा पुगेपछि आन्देलित हुनु परेको हो । आन्दोेलनको पुर्वसन्ध्यामा प्रमुख जिल्ला अधिकारी कडरियालाई ज्ञापन पत्र बुझाउन पुगेका साना यात्रु बाहक सवारी धनीहरुलाई प्रमुख जिल्ला अधिकारी कडरियाले वेवास्था गरेका चमेलीमाई यातायात प्रा.लि.का अध्यक्ष नविन कुमार पासवानले आरोप लगाए । उनीहरुले मंगलबार मलंगवा सबै साना यात्रु बाहक सवारी साधनहरु सडकमा राखेर शान्तीपूर्ण प्रदर्शन गरेका हुन ।
लामो समयदेखि मलंगवा नगरपालिका २ मा निर्माण भएको बसपार्कमा आफुहरुले म्याजिकहरु लगि राखेको भएपनि पछिल्लो निर्णय अनुसार मंगलबारबाट बस नयाँ बसपार्कमा जाने भएपछि म्याजिकहरुलाई जिल्ला विकास चोकबाट मात्रै सञ्चालन हुन दिने भनेपछि आफुहरुको ध्यानाकर्षण भएकोले प्रदर्शन गरिएको चमेलीमाई यातायात प्रा.लि.का अध्यक्ष पासवानले बताए ।उनका अनुसार मंगलबार दिनभर शान्तीपुर्ण प्रदर्शन गरेपछि प्रमुख जिल्ला अधिकारी कडरियासंग वार्तामा बसेपनि निष्कर्ष निस्केको छैन् ।
आफुहरुको एकल माग बसहरुलाई समस्या नपर्ने गरी आफुहरु पनि मलंगवा नगरपालिका २ स्थित नयाँ बसपार्कबाटै सञ्चालन हुन पाउनु पर्ने रहेको रौतहट सर्लाही यातायात प्रा.लि.का अध्यक्ष राजकुमारले बताए ।