सर्लाही ब्याडमिन्टन संघको अध्यक्षमा गौरव गुरुङ चयन भएका छन्।संघको दोस्रो साधारण सभाबाट गुरुङको नेतृत्वमा ११ सदस्यीय नयाँ नेतृत्व चयन भएका हुन ।सर्लाहीको बरहथवा नगरपालिका ९,स्थित कभर्ड हलमा सम्पन्न साधारण सभाबाट अध्यक्ष गुरुङ र सचिवमा जय गोले लगायत ११ सदस्यीय कार्य समिति चयन भएको बरहथवा नगरपालिका ९ का वडाध्यक्ष तुलसी लुुइटेलले जानकारी दिए ।
उनका अनुसार निवर्तमान अध्यक्ष तुलसी नारायण श्रेष्ठको अध्यक्षता तथा बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ब्याडमिन्टन संघका केन्द्रीय सदस्य महेश्वर मान श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।पछिल्लो समय ब्याडमिन्टन खेलले प्राथमिकता पाउँदै गएको र ब्याडमिन्टन खेलाडीहरु केन्द्रीकृत हुँदै जान थालेका ब्याडमिन्टन खेलाडी ताराराज पन्त(अर्जुन)ले बताए ।