सिन्धुलीका तीन वटा स्थानीय तहहरुले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेका छन्।आर्थिक वर्षको भुक्तानी निकासा बन्द गरी कमलामाई नगरपालिका, मरिण र हरिहरपुरगढी गाउँपालिकाले वित्तीय प्रगति सार्वजनिक गरेका छन्।पालिकाको सामाजिक सञ्जाल मार्फत सूचना जारी गर्दै चालु तथा पुँजीगत खर्चतर्फ विनियोजित कुल बजेट र हालसम्म भएको खर्चको विवरण सार्वजनिक गरेका हुन् ।
चालु खर्च र पूजीँगत खर्च गरि कमलामाई नगरपालिकाले ८३ दशमलव २८ प्रतिशत, मरिण गाउँपालिकाले ७८ दशमलव १५ प्रतिशत र हरिहरपुरगढी गाउँपालिकाले ७७ दशमलव ४४ प्रतिशत खर्च गरेको पालिकाद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।कमलामाई नगरपालिकाले जारी गरेको सुचना अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित एक अर्ब ३२ करोड ६९ लाख ३५ हजार दुई सय २७ रुँपैया ४३ पैसा मध्य एक अर्ब १० करोड ५१ लख १३ हजार तीन सय १४ रुपैया ७८ पैसा खर्च गरेको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण नीधि तिवारीले जानकारी दिए।उनका अनुसार नगरपालिकाले चालु तर्फ ८६ दशमलव ९७ प्रतिशत र पूँजीगततर्फ ७२ दशमलव ५६ प्रतिशत खर्च गरेको छ ।
त्यस्तै,मरिण गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को कुल बजेटको ७८ दशमलव १५ प्रतिशत खर्च गरेको छ।गाउँपालिकाले जारी गरेको सूचना अनुसार असार २५ गते सम्म उक्त रकम खर्च भएको हो।आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित बजेटको चालु तर्फ ८४ दशमलव १८ प्रतिशत र पुँजीगत तर्फ ६६ दशमलव ६६ प्रतिशत खर्च भएको मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जानकारी दिए ।
यता,हरिहरपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित कुल ६८ करोड ७६ लाख ४१ हजार दुई सय ३२ रुपैयाँ बजेटमध्ये ५३ करोड २५ लाख ५८ हजार छ सय २८ रुपैयाँ ८६ पैसा खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरी न्यौपानेले जानकारी दिए।उनका अनुसार यो कुल बजेटको ७७.४४ प्रतिशत प्रगति हो ।
सार्वजनिक सूचना अनुसार चालु खर्चतर्फ कुल विनियोजित ४८ करोड ९ लाख १५ हजार पाँच सय ५५ रुपैयाँ बजेटमध्ये ७९ दशमलव ५६ प्रतिशत अर्थात् ३८ करोड २६ लाख ६५ हजार ९२ रुपैयाँ सात पैसा खर्च भएको छ।पुँजीगततर्फ विनियोजित २० करोड ६७ लाख २५ हजार छ सय ७७ रुपैयाँ बजेटमध्ये ७२ दशमलव ५१ प्रतिशत अर्थात् १४ करोड ९८ लाख ९३ हजार पाँच सय ३६ रुपैयाँ ७९ पैसा खर्च गरेको गाउँपालिकाले जनाएको छ ।