कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २५ बर्ष पछि पक्राउ

298 Shares

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २५ बर्ष पछि पक्राउ परेका छन्।सर्लाहीको कौडेना गाउँपालिका १ का शत्रुघन राउत कुर्मी(शत्रोहन)लाई कर्तव्य गरी फरार रहेका कौडेना गाउँपालिका १ का अन्दाजी ३९ वर्षिय राकेश कुमार साहलाई २५ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार सर्लाही जिल्ला अदालत सर्लाहीबाट २०८१ असार १७ गते २५ बर्ष कैद सजाय र रु.एक लाख जरिवाना तोकिएपछि फरार रहेकोमा साहलाई कौडेना गाउँपालिका १ लक्ष्मीपुरबाट पक्राउ गरीएको हो।पक्राउ परेका साहलाई सर्लाही जिल्ला अदालतको आदेश बमोजिम सजाय भुक्तानको लागि कारागार कार्यालय मलंगवा सर्लाहीमा पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार