कर्मैया आदर्श क्याम्पसकाे १२ औं(प्राज्ञिक)वार्षिकउत्सव तथा भेला विभिन्न कार्यक्रम गर्दै सम्पन्न

571 Shares

सर्लाहीको बागमती नगरपालिका ११ स्थित कर्मैयामा रहेको कर्मैया आदर्श जनता क्याम्पसको १२ औं(प्राज्ञिक)वार्षिकउत्सव तथा भेला विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ।त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त कर्मैया आदर्श जनता क्याम्पसले आफ्नो १२ औ (प्राज्ञिक)भेला तथा वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदन तथा वार्षिक प्रगति प्रतिवेदन,आर्थिक वर्ष २०८१÷०८२ को प्रस्तावित कार्यक्रम तथा अनुमानित लागत माथि छलफल गर्दै सम्मान कार्यक्रम गरेको कमैया आदर्श जनता क्याम्पसका क्याम्पस प्रमुख शंकर कुमार झाले जानकारी दिए ।
उनका अनुसार क्याम्पस सञ्चालक समिति अध्यक्ष हरि प्रसाद पुडासैनीको अध्यक्षता एवम सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा(क)का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यतामा भएको १२ औं(प्राज्ञिक)वार्षिकउत्सव तथा भेलामा बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामा,बागमती नगरपालिकाको सामाजिक विकास समितिका संयोजक राज कुमार वि.क,शिक्षा निर्देशनालय मधेश प्रदेशका निर्देशक ठुलो बाबू दाहाल लगायत क्याम्पस सञ्चालन समितिका पदाधिकारीहरुका साथै पुर्व क्याम्पस प्रमुखहरु र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।
आदर्श कर्मैया क्याम्पसमा अध्यायन गरेर विभिन्न सरकारी सेवामा प्रवेश गर्ने १० जना पुर्व विद्यार्थीहरु मध्य कार्यक्रममा उपस्थित भएका विन्दु रामदाम र अस्मिता थिङ शिक्षक सेवा आयोग पास गर्ने र संघ संस्थामा कार्यरत रहेकी दुर्गा चौलागाई लगायत क्याम्पसका संस्थापक अध्यक्ष स्व.टंक प्रसाद प्रसाईकी पत्नी तुलसा प्रसाईं,संस्थापक सदस्य स्व.काजिराम कुशवारकी पत्नी चन्द्र कुमारी कुशवाह,प्रदेश सभा सदस्य एवम कार्यक्रमका प्रमुख अतिथि कुशवाहा,बागमती  नगरपालिकाका कार्यबाहक नगर प्रमुख एवम कार्यक्रमका विशिष्ट अतिथि लामा र शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका निर्देशक दाहाल लगायतलाई सम्मान पनि गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार