बसबरिया र धनकौलका २० जना प्रधानाध्यापकलाई विद्यालय सुधार योजना सम्बन्धी तालिम

509 Shares

सर्लाहीको धनकौल र बसबरिया गाउँपालिकाका २० जना प्रधानाध्यापकहरुलाई विद्यालय सुधार योजना सम्बन्धी तालिम प्रदान गरिएको छ।दुई वटा गाउँपालिकाका २० जना प्रधानाध्यापकहरुलाई विद्यालय सुधार योजनाको तयारी,परिमार्जन तथा अपडेट प्रक्रियामा सहभागितामूलक विधि अपनाउने उद्देश्यले विशेष तालिम प्रदान गरिएको आयोजक राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (आरआरपीके) को परियोजनाका कार्यक्रम संयोजक जयनेन्द्र कुमार साहले जानकारी दिए ।
उनका अनुसार शिक्षा नियमावली २०७२ ले गरेको विद्यालयको दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षाको सुनिश्चिततालाई आधारमानी धनकौल गाउँपालिका १० जना र बसबरिया गाउँपालिकाका १० जना गरी २० प्रधानाध्यापकहरुलाई तालिम प्रदान गरिएको हो।तालिममा कक्षा पाठ्यक्रम बनाउँदा विद्यार्थीको आवश्यकता,समुदायको अपेक्षा,विद्यालयको उपलब्ध स्रोत साधन र दीर्घकालीन लक्ष्यलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार