जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाभर पुनः निषेधाज्ञा थप गरेको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
सर्लाहीमा मंगलबार थपिएको निषेआज्ञाको अवधि सहित पाँचौँ पटक निषेधाज्ञा थप गरेको हो । जसअनुसार मंगलबार राति देखि जेठ ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा जिल्लाभर लागु हुने छ ।
निषेधाज्ञाको अवधिभर अत्यावश्यकबाहेक सबै सेवामा रोक लगाइएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोख्रेलले जानकारी दिनु भयो ।निषेधाज्ञाको अवज्ञा वा उल्लंघन गरेको पाइए कानुनअनुसार कडा कारबाही गरिने पनि बैठकले निर्णय गरेको छ ।