१५ लाख बराबरको मोवाईलको टेम्पर ग्लास सशस्त्रको नियन्त्रणमा

277 Shares

सर्लाहीको मलंगवा नगरपालिका–९ बाट ठूलो परिमाणमा मोवाईलमा प्रयोग हुने ग्लास सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।मलंगवा नगरपालिका–९ स्थित एक घरमा भन्सार छलि लुकाई छिपाई राखेको अवस्थामा ठूलो परिमाणमा मोवाईलमा प्रयोग हुने ग्लास विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल सीमा सुरक्षा गुल्म मलंगवाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक बिष्णु अधिकारीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले ३५ कार्टुन बिलबिजक नभएको वेवारिसे अवस्थाको अन्दाजि मुल्य रु.१५ लाख बराबरको मोवाईलको टेम्पर ग्लास नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईएको मोवाईलको टेम्पर ग्लास आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाईएको सशस्त्र प्रहरी बल,नेपाल सीमा सुरक्षा गुल्म मलंगवाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।केही दिन पहिला खरबुजाको बिल रहेको लुकाई छिपाई राखेको अवस्थामा ठूलो मात्रामा फर्सीको बिउ पनि बरामद् गरेको थियो ।सशस्त्र प्रहरी बल,नेपाल सीमा सुरक्षा गुल्म मलंगवाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अधिकारी आएदेखि नेपाल भारत सीमा क्षेत्रबाट हुने अवैध करोबारीहरुको निद हराम भएको छ ।

सम्बन्धित समाचार