हरिवन ११ मा भूतपूर्व सैनिक संघको कार्यालय भवन शिलान्यास

404 Shares

सर्लाहीको हरिवन नगरपालिका ११ मा आज(शुक्रबार)नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको कार्यालय भवन शिलान्यास गरिएको छ ।हरिवन नगरपालिका ११ स्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प हरिवन नजिकै भूतपूर्व सैनिक संघको कार्यालय भवन शिलान्यास गरिएको संघका कार्यवाहक जिल्ला अध्यक्ष भिमशेन थापाले जानकारी दिए ।
 थापा कै अध्यक्षता तथा सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि भूतपूर्व सैनिक संघको कार्यालय भवन शिलान्यास गरिएको हो ।संघका कार्यवाहक जिल्ला अध्यक्ष थापाको अध्यक्षतामा तथा प्रतिनिधि सभा सदस्य उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा निवर्तमान प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल),उपप्रमुख हरिमाया घलान,स्थानीय विभिन्न राजनीतिक दलका प्रमुख एवम प्रतिनिधिहरु,जनप्रतिनिधिहरु र समाजसेवीलगायतको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो ।
भूतपूर्व सैनिक संघले आपसी सहमतीमा रकम उठाएर तथा केन्द्रीय समितिबाट प्राप्त  रु एक लाख समेत गरेर भवन बनाउन लागिएको संघका केन्द्रिय सदस्य प्रभुनारायण शिवकोटी (श्याम)ले जानकारी दिए ।उनका अनुसार भूतपूर्व सैनिकको भवन निर्माणका लागि हरिवनका स्थानीय कालिमाया रुम्बाले करिब २ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएकी छन् ।

सम्बन्धित समाचार