सर्लाहीको गोडैता नगरपालिका १२ मधुवनीबाट पेस्तोल र नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।गोडैता नगरपालिका १२ मधुवनी स्थित नेपाल भारत सिमा क्षेत्र नजिकैबाट नलकटुवा पेस्तोल र नक्कली नोट सहित दुई जना भारतिय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भारतको बिहार राज्य सितामढी जिल्ला मेजरगंज थाना बसविटा ग्रामपंचायत रसुलपुर गाँउका अन्दाजी २६ बर्षिय कुन्नु पटेल र सोहि ठाउँका अन्दाजी ३० बर्षिय मुकेश पटेललाई भारतबाट नेपाल तर्फ पैदल आउँदै गर्दा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट एउटा नलकटुवा पेस्तोल त्यसमा लाग्ने १० थान गोलीका साथै नक्कली नोट बरामद् भएको हो ।
सो क्षेत्रबाट हात हतियार र खोटा मुद्रा समेतको ओसार पसार हुने गरेको विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले कुन्नु र मुकेशलाई नलकटुवा पेस्तोल सहित गोली र १० थान बण्डलमा एक हजार रुपैंयाका नक्कली नोट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरुगरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।नेपाल भारत खुल्ला सिमा रहेका कारण चाडपर्वको समयमा जिल्लामा अपराधिक गतिविधिहरु बढ्न सक्ने भन्दै प्रहरीले सुरक्षा व्यावस्थामा कडाई गरेको जनाएको छ ।
नेपाल भारत खुल्ला सिमाका कारण सिमा क्षेत्रबाट अवैध कारोवार हुनुका साथै नेपालमा समय समयमा अपराधिक क्रियाकलापहरु समेत हुँदै आएका छन्।सिमा सुरक्षा भन्दै सिमा क्षेत्रमा खटाईएका सुरक्षाकर्मीहरु सुरक्षाको नाममा कमिसन असुलीमा लागेपछि अपराधिक मनसाय भएका मानिसहरु सहजै नेपाल प्रवेश गर्ने र नेपालमा अपराधिक क्रियाकलपा गर्ने गरेका जानकारहरु बताउँछन् ।