इश्वरपुर १४ का ६३ परिवारलाई न्यानो कम्मल वितरण

299 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका १४ का पुर्ण अपाङ्ग भएका मानिसहरुका साथै विपन्न परिवारहरुलाई न्यानो कम्मल वितरण गरिएको छ।सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा ग्रामिण नारी उत्थान संघको सहकार्यमा इश्वर पुरनगरपालिका १४ ले पुर्ण अपाङ्ग,अति विपन्न मुसहर समुदायका साथै विपन्न परिवारहरुलाई एक सय ६५ थान न्यानो कम्मल वितरण गरिएको इश्वरपुर नगरपालिका १४ का वडा अध्यक्ष सित कुमार महतोले जानकारी दिए ।

1.jpg
उनका अनुसार वडा भित्रका पुर्ण अपाङ्ग,अति विपन्न मुसहर समुदायका साथै विपन्न परिवारहरु ६३ परिवारलाई वडा कार्यलयको प्राङ्गण र जनता मा.विको प्राङ्गणमा भएको कार्यक्रममा एक सय ६५ थान न्यानो कम्वल वितरण गरिएको हो ।

2.jpg6.jpg

सम्बन्धित समाचार