लालबन्दी ७ का २ वटा पसलमा छापामारी,६ लाख बढीको भन्सार छलीको सामान नियन्त्रणमा

364 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित बजारका दुई वटा खाद्यान्नका पसलमा छापामारी गरी करिब रु छ लाख भन्दा बढीको भन्सार छलीको सामान प्रहरीले नियन्त्रणमा लिएको छ।लालबन्दी नगरपालिका ७ स्थित बजारामा रहेको आनन्द ट्रेडर्स खाद्यान्न पसल र कैलाश ट्रेडर्स खाद्यान्न पसलमा छापामारी अन्दाजी रु छ लाख १० हजार सात सय ६० बराबरको विभिन्न किसिमका खाद्यान्नका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

WhatsApp Image 2024-11-24 at 10.18.14 PM (1).jpeg
उनका अनुसार ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक सुजन पाठकको नेतृत्वमा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चिनी,ललिपप चक्लेट, पानी पुरी,आलमड बदाम,पतन्जली बिस्कुट,नरिवाल चिप्स,रेडिमेट अचार,हवाई घोडा  खाने तेल,चना,रहरको दाल र राज निवास गरी कुल अन्दाजी रु छ लाख १० हजार सात सय ६० बराबरको नियन्त्रणमा लिएको हो ।

WhatsApp Image 2024-11-24 at 10.18.15 PM (1).jpeg
लालबन्दी नगरपालिका ७ स्थित बजारको आनन्द ट्रेडर्स खाद्यान्न पसलबाट अन्दाजी रु  तीन लाख ७३ हजार एक सय ६० र कैलाश ट्रेडर्स  खाद्यान्न पसलबाट अन्दाजी रु दुई लाख ३७ हजार छ सय बराबरको भन्सार छलीको विभिन्न सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएको भन्सार छलीको सामान आवश्यक कार्बाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।पछिल्लो समय सिमा क्षेत्रमा रहेका प्रहरी चौकीहरुले कमसिन असुलेर भन्सार छलीका सामानहरु सहज रुपमा नेपाल प्रवेश गर्न दिएपछि सिमाक्षेत्रभन्दा माथि रहेका प्रहरी काार्यलयहरुले धमाधम त्यस्ता सामानहरु नियन्त्रणमा लिने गरेका पाइएको छ ।

WhatsApp Image 2024-11-24 at 10.18.15 PM.jpeg

WhatsApp Image 2024-11-24 at 10.18.14 PM.jpeg

सम्बन्धित समाचार