भूमि आयोगद्धारा लालबन्दीमा अन्तरक्रिया कार्यक्रम

827 Shares

दुर्गा  कुमारी अधिकारी
सर्लाहीको लालबन्दी नगरपालिकामा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको नापजाँच भएका जग्गाको फिल्डबुक श्रेस्ता निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । लालबन्दी नगरपालिकाको सभा हलमा नगर भित्रका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको नापजाँच भएका जग्गाको फिल्डबुक श्रेस्ता निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइृटेलले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीको अध्यक्षतामा एवम पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ,सर्लाही क्षेत्र नम्बर १ प्रदेश सभा (ख)की प्रदेश सभा सदस्य बेची लुङ्गेली,जिल्ला भूमि आयोगका अध्यक्ष तथा नगरका विभिन्न राजनितिक दलका प्रमुखहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको नापजाँच भएका जग्गाको फिल्डबुक श्रेस्ता निर्माण  सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।  अन्तरक्रिया कार्यक्रममा डिभिजन वन कार्यालय सर्लाही, भुमिसुधार तथा मालपोत कार्यालय,नापी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू,नागरिक समाजका अगुवाहरू लगायतको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको नापजाँच भएका जग्गाको फिल्डबुक श्रेस्ता निर्माण सम्मको काम तथा प्रक्रिया अगाडि बढेको तर अन्तिम रूप दिन नसकिरहेको जिल्ला भूमि आयोगका अध्यक्ष चन्द्रकान्त वाग्लेले गुनासो गरे । उनले केही साना काम बाकी रहेका र ती कामहरु पनि चाँडै सम्पन्न गर्ने र त्यसको सहजीकरण गर्न सरोकारवाला निकायसंग उनले आग्रह गरे । 

सम्बन्धित समाचार