सर्लाही कमांग्रेसको महाधिवेशन १ र २ मा संस्थापन इतर,३ र ४ मा संस्थापन पक्ष

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२३ गते   ६६ पटक हेरिएको

नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत सर्लाहीको क्षेत्र नम्बर ३ मा शेरबहादुर देउवा–बिमलेन्द्र निधी प्यानल बिजयी भएको छ ।२१ सदस्यीय क्षेत्रीय कार्य समितिमा देउवा–निधी पूरै प्यानल बिजयी भएको नेपाली कांग्रेस महाधिवेशन निर्वाचन समितिले जनाएको छ । 
महाधिवेशन प्रतिनिधिमा संस्थापन इतर पक्षका एक जना मात्रै बिजयी भएका छन् । क्षेत्रीय कार्य समितिमा ३ सय ९६ मत ल्याएर पुण्य प्रसाद घिमिरे सभापतिमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन इतर पक्षका भिखारी रायले ३ सय ७४ मत प्राप्त गरेका छन् ।
विशेष गरी केन्द्रीय उपसभापति विमलेन्द्र निधी निकट हरेस महतोले घिमिरेलाई र संस्थापन इतर निकटका विनोद खनालले भिखारी रायलाई सभापतिसहित उनीहरुको प्यानल तयार पारेका थिए । पूर्व जिल्ला उपसभापति विनोद खनालले तयार पारेको राय नेतृत्वको प्यानल नै पराजित भएको हो ।
यस्तै, २४ जना महाधिवेशन प्रतिनिधिमध्ये २३ जना देउवा–निधी प्यानलकै उम्मेदवार विजयी भएका छन् । संस्थापन इतरबाट नेता विनोद खनाल एक जना मात्रै महाधिवेशन प्रतिनिधिमा बिजयी भएका छन् । क्षेत्र नं. ३ को बरहथवास्थित पार्टी कार्यालयमा आयोजित क्षेत्रीय अधिवेशनको बिहीबार राती अबेर अन्तिम नतिजा आएसँगै सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको हो ।
कांग्रेसको क्षेत्रीय महाधिवेशन अन्तर्गत क्षेत्र नं. १ र २ मा संस्थापन इतर र क्षेत्र नं. ३ र ४ मा संस्थापन पक्ष बिजयी भएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech