Close This

राष्ट्रिय गौरबको आयोजना हुलाकी सडक मार्ग निर्माणकार्य सुस्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-३ गते   २२५७ पटक हेरिएको

भारतको सहयोगमा निर्माण भईरहेको हुलाकी सडक मार्गको काम सुरु भएको १३ वर्ष पुगि सक्दा पनि सन्तोषजनक निर्माण हुन सकेको छैन । २०६२र०६३ सालवाट हुलाकी सडक मार्गको निर्माण शुरु गरिएको भएपनि नेपाल सरकारको लापर्वाहीले सुस्त गतिमा काम भइरहेको स्थानियको आरोप छ । नेपाली पक्षको सुस्तताका कारण सडक मार्गको सडक निर्माणको अवस्था झन–झन ढिलो हुँदै गएको छ ।
पूर्वदेखि पश्चिमसम्म १ हजार ७ सय ९२ किलोमिटर लामो हुलाकी सडक मार्ग बनाउने योजना छ । तर, सडक मार्गको धेरै स्थानमा कालोपत्रे गर्ने कुरा त परै जाओस्, माटो र ग्राभेल हाल्ने काम पनि हुन सकेको छैन । नेपाल सरकारले यसतर्फ कुनै किसिमको ध्यान नदिँदा ठेकेदार कम्पनीहरुको मनोमानी बढेको स्थानियले बताएका छन् ।
अहिले पनि धेरै स्थानमा पुल निर्माणको काम सुस्त गतिमा भइरहेको छ । लामो समयदेखि चर्चामा रहेको हुलाकी सडक अन्तर्गत सर्लाहीको पुर्वमा महोतरीको सिमाना देखि पश्चीममा  रौतहटको सिमाना सम्मको हुलाकी सडक निर्माणको काम कछुवागतिमा भएको छ ।
जिल्लाका अधिकांश नदीहरुमा पुल निर्माणको काम समेत हुन सकेको छैन । भने केही भागमा मात्र सडकमा कालोपत्रे भएको भएपनि अधिकांश सडकको अवस्था दयनिय छ । जिल्लाको रौतहटको सिमाना देखि महोतरीको सिमाना सम्म ४२ किलो मिटर हुलाकी सडक मार्ग निर्माण हुने भएपनि हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुदा पैदल यात्रीहरुका साथै साना तथा ठूला सवारी साधनका चालकहरु हैरान भएका छन् ।  पूर्वपश्चिम सडक मार्ग अन्तर्गत सर्लाहीमा ४२ किलोमिटर हुलाकी सडक निर्माणाधीन अवस्थामा रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech