सर्लाहीमा महिला उद्यमी संघ जिल्ला शाखा गठन गरिएको छ।महिला उद्यमी जानुका चौलागाईको अध्यक्षतामा ११ सदस्यीय सर्लाही जिल्ला महिला उद्यमी संघ गठन गरिएको हो ।संघको उपाध्यक्षमा बालाकुमारी थापा मगर,सचिवमा सान्नानी बुढाथोकी,सह सचिवमा अम्बिका पौडेल र कोषाध्यक्ष रुपा उप्रेती चयन भएका नव गठित समितिकी सचिव सान्नानी बुढाथोकीले जानकारी दिईन्।उनका अनुसार संघको सदस्यहरूमा ममता कर्ण,राधिका खड्का,गंगादेवी श्रेष्ठ,मिनकुमारी दाहाल,अर्चना विश्वकर्मा र सीता विश्वकर्मा चयन भएका छन् ।सर्लाही सहित देशभर ६९ वटा महिला उद्यमी संघका शाखा गठन गरिएको संघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिईन् ।
सीआईपीईको सहयोगमा लालबन्दीमा चार दिने महिला उद्यमी तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएकी केन्द्रीय अध्यक्ष ज्ञावालीले महिला उद्यमी संघ जिल्ला शाखा सर्लाही समेतगठन गरेकी हुन ।उनका अनुसार देशभरका ५५ हजार महिला उद्यमीहरुलाई तालिम दिइएको र देशभर करिब पाँच हजार महिला उद्यमी रहेका ज्ञवालीले बताईन् ।महिला उद्यमी संघ जिल्ला शाखा सर्लाही गठन गर्दै केन्द्रीय अध्यक्ष ज्ञवालीले महिला उद्यमीहरुका समस्याका बारेमा स्थानीय सरकार,प्रदेश सरकार तथा संघीय सरकारसंग समन्वय र सहकार्य गर्नुपर्ने समेत बताईन् । उनले देशभरका महिला उद्यमीहरू एकजुट भएर अगाडि बढ्नु पर्ने समेत बताईन् ।
कार्यक्रममा मधेश प्रदेश सभा सदस्य एवम निवर्तमान मन्त्री बेची लुंगेली,महासंघकी प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठ,महासंघकी तृतीय उपाध्यक्ष बसन्ती प्रधान,लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारी तथा उप प्रमुख कल्पना माया पाख्रिन लगायतको विशेष उपस्थिति रहेको थियो ।