मटिहानीका आगलागि पीडितहरुका लागि चाँडै राहत सामाग्री वितरण गर्ने मन्त्री साहको प्रतिवद्धता

1.2k Shares

महोत्तरीको मटिहानी नगरपालिका ६ का आगलागि पीडितहरुका लागि चाँडै राहत सामाग्री उपलब्ध गराउने मधेश प्रदेश सरकारका मन्त्री भरत प्रसाद साहले प्रतिवद्धता जनाएका छन् । मटिहानी नगरपालिका ६ स्थित जर्लाहावा गाछीमा करिब सयवटा घरमा आगलागि भएको खबर पाउना साथ घटनास्थलमा पुगेका मन्त्री साहले चाँडै नै मधेश प्रदेश सरकारको बैठक बसी आगलागि पीडितहरुका लागि राहत सामाग्री उपलब्ध गराउने र थप राहत सामाग्री उपलब्ध गराउन केन्द्र सरकारसंग आग्रह गर्ने प्रतिवद्धता जनाएका छन् ।

घटनास्थलको स्थलगत निरिक्षण गरि मन्त्री साहले प्रदेश सरकारको मन्त्री परिषद्को बैठक बसी चाँडै आगलागि पीडितहरुलाई राहत सामाग्री उपलब्ध गराउने प्रतिवद्धता जनाएका  मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले बताए ।उनका अनुसार आगो नियन्त्रणका लागि मटिहानी,जलेश्वर, रामगोपालपुर नगरपालिकाका साथै प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशको बारुणयन्त्र,बिहार अग्नि बाहन,नेपाली सेना,नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटीका साथै स्थानीयहरुले आगो नियन्त्रणमा लिएका हुन ।

बुधबार विहानैदेखि भएको आगलागिले जर्लाहावा गाछीको सिङ्गो बस्ती नै जलेर नष्ट भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।उनका अनुसार जर्लाहावा गाछी गाउँमा भीषण आगलागी हुँदा एक सय बढी घर जलेको प्रारम्भिक रिपोर्ट छ भने एकिन तथ्यांक आउन बाँकी रहेको छ ।

सम्बन्धित समाचार