प्रहरीको भेनमा ठोक्किदा एकजनाको मृत्यु,

2.5k Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका  ७ मा भएको सवारी दुर्घटनामा एकजनाकाे ज्यान गएकाे छ । ईश्वपुर नगरपालिका   ७ मा गस्तिमा रहेकाे प्रहरीकाे गाडिमा माेटरसाईकल ठाेक्किदा एकजनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
आईतबार साँझ करिब  ९ बजेकाे समयमा गस्तिमा निस्केकाे ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासकाे प्रहरीको गस्तिकाे भेनमा ना ३४ प ५०१८ नम्बरकाे माेटरसाईकल ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई  ठाेकिदा गंभिर घाईते भएका ईश्वरपुर नगरपालिका ५ का  वर्ष अन्दाजी   ३४ का   राम कुमार महताेलाई उपचारकाे लागि लैजादै गर्दा बाटैमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
दुर्घटनाकाे विषयलाई लिएर स्थानिले याे समाचार तयार पार्दै गर्दा सम्म ईलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासकाे गेटमा प्रहरीको विरुद्ध टायर बालेर नारावाजी गरेका छन् । शवलाई अहिले पाेष्ट मार्टमका लागि जिल्ला अस्पताल मलंगवा,सर्लाहीमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार