Close This

बागमतीमा जारी तेस्रो मेयर कप फुटबलमा वडा नं. ६ बिजयी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-५ गते   १९७६ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा सुक्रवार(आज) वडा नं. ६ बिजयी भएको छ । आयोजक वडा नं. ४ लाई नै १–० गोलले पराजित गर्दै वडा नं. ६ बिजयी भएको आयोजकले बताएको छ ।
प्रतियोगितामा शनिवार दुई पटक लगातार मेयर कपको बिजेता बनिसकेको वडा नं. २ र वडा नं. ९ आम्ने साम्नेहुने छन् । बागमती नगरपालिकाको आर्थिक सहयोगमा बिहीबार( हिजो)बाट स्थानीय ऊँ युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो । 
कात्तिक १६ गतेसम्म संचालन हुने प्रतियोगितामा नगरपालिकाका १२ वटै वडाबाट एक÷एक वटा र आयोजक ऊँ युवा क्लबको तर्फबाट एउटा गरी जम्मा १३ वटा टिमले सहभागिता जनाएका  छन् । प्रतियोगिताको बिजेताले रु ५१ हजार र उपबिजेताले रु २५ हजार नगद पुरस्कारसहित शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech