Close This

२ सय ९० बोतल लागु औषधसहित एक जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१२ गते   ११६५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ बाट लागु औषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका १ स्थित भित्री सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले २ सय ९० बोतल लागु औषध सहित एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
लालबन्दी नगरपालिका १ स्थित भित्री सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले २ सय ९० बोतल लागु औषध सहित हरिवन नगरपालिका ३ का अन्दाजी २५ वर्षका बिलम थिङलाई ना ४३ प ५७५१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिए ।
सेतो बोरामा ना ४३ प ५७५१ नम्बरको मोटरसाईकलमा पछाडी राखेर लागु औषध ओनरेक्स सय मिलिग्रामको २८ बोतल,कोडिवेल सय मिलिग्रामको १ सय ४९ बोतल र वाईनरेक्स सय मिलिग्रामको १ सय १३ बोतल सहित थिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
प्रहरीले नियन्त्रणमा लिएको लागु औषध,मोटरसाईकल र थिङको विषयमा आवश्यक अनुसन्धान सुरु भएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेलले बताए । प्रहरीले चाडपर्व विशेष सुरक्षालाई थप तिब्रता दिएपछि लागु औषध कारोवारीहरु तथा ओसार पसार कर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech