मधेशमा“लागु औषध सेवनकर्ता खोजी एवम सुधार महा–अभियान २०८३”शुरु

192 Shares

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले लागु औषध सेवनकर्ताहरुको व्यापक रुपमा खोजी तथा सुधारात्मक अभियान शुरु गरेको छ।मधेश प्रदेशका आठै जिल्लाका प्रहरी प्रमुखहरुका साथै मातहतका प्रहरी चौकीहरुलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका प्रमुख एवम प्रहरी नायब महानिरीक्षक(डिआईजी)गोबिन्द थपलियाले निर्देशन दिँदै लागु औषध सेवनकर्ताहरुको व्यापक रुपमा खोजी तथा सुधारात्मक अभियान शुरु गरेका मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका प्रहरी वरिष्ठ उपरीक्षक एवम प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।
उनका अनुसार नेपालभारत स्थित मधेश प्रदेशको चार सय ६४ किलो मिटर सीमानाकाहरुमा लागु औषध परिक्षण केन्द्र स्थापना गरी लागु औषध परिक्षण किड्सको प्रयोग गरी लागु औषध सेवन गरे नगरेको पत्ता लगाउने र सिमानाकाहरुमा नियमित रुपमा आवत जावत गर्ने युवा युवतीहरुको तथ्यांक संकलन गरी निगरानी गर्ने समेत योजना मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले योजना बनाएको छ ।
लागु औषध सेवनकर्ताहरुलाई सिमानाकामा एक घण्टा सचेतनामुलक कार्यक्रम मार्फत प्रशिक्षण दिने र लागु औषध सेवनकर्ताहरुको अभिलेख विवरण तयार गरी उनीहरुको लोकेशन ट्याक समेत गर्ने कार्यालयले जनाएको छ ।मधेश प्रदेश सरकार,स्थानीय सरकार,सुरक्षा निकायहरु तथा सरोकारवाल संघ÷संस्थाहरु समेतको सहयोग र समन्वय विना यी काम प्रहरी एक्लैले सम्भव नहुने प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआईजी)गोविन्द थपलियाले बताए ।
उनका अनुसार लागु औषध सेवानकर्तालाई सुधार तथा उपचार गरी सामाजिक पुस्र्थापनाका लागि स्थानीय सरकार तथा प्रदेश सरकारसंग समन्वय गरी युवा लक्षित कार्यक्रमहरु खेलकुद, मनोरञ्जन,सीपमुलक तालिम कार्यक्रम र रोजगार कार्यक्रम लगायत कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो ।
“लागु औषध सेवनकर्ता खोजी एवम सुधार महा–अभियान २०८३” अन्तर्गत लागु औषध ओसार पसार तथा कारोवार गर्ने औषधी पसलहरुका साथै अन्य स्थानहरु तथा लागु औषध ओसार पसार तथा भण्डारण गर्ने मुख्य कारोबारीलाई निगरानी गरी पहिचान गर्ने र कडा कानूनी कार्वाही गरिने प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले बताएको छ ।

सम्बन्धित समाचार