सर्लाहीको ईश्वरपुर नगरपालिका १२ घारिबथानमा स्थापना गरिएको अस्थायी प्रहरी पोष्ट कालिन्जोर घारिबथानको आफ्नै भवन निर्माण गर्नका लागि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम प्रहरी नायव महानिरिक्षक(डिआईजी) स्थलगत गर्न आएका छन् ।इश्वरपुर नगरपालिका १२ घारिबथानमा जेठ २८ गते स्थापना गरिएको अस्थायी प्रहरी पोष्ट कालिन्जोर घारिबथानको आफ्नै संरचना निर्माण गर्न जग्गा खोज्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम प्रहरी नायव महानिरिक्षक(डिआईजी) लालमणि आचार्य आएका इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार उक्त प्रहरी पोष्ट अहिले वडा कार्यालय नजिकै एक व्यक्तिको घर भाडामा लिएर संचालन भई रहेको र आफ्नै जग्गा भए प्रहरीका लागि आफ्नै भवन निर्माण गर्न सकिने भएकाले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम प्रहरी नायव महानिरिक्षक(डिआईजी) आचार्य इश्वरपुर नगरपालिका १२ घारिबथान आएका हुन ।स्थलगत अवलोकनमा आएका मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम प्रहरी नायव महानिरिक्षक(डिआईजी) आचार्य र इश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्य सहित स्थानीय जनप्रतिनिधि र अगुवासँग छलफल समेत गरिएको इश्वरपुर नगरपालिका १२ का वडा अध्यक्ष देविबहादुर खत्री (शिव)ले बताए ।
उनका अनुसार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम प्रहरी नायव महानिरिक्षक(डिआईजी) आचार्य र इश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्य सहित जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंह,इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक उमाकान्त जोशी, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक रजोस घिमिरेलगायतले अस्थायी प्रहरी चौकी तथा सो चौकीका लागि भवन बनाउन उपयुक्त हुने जग्गाको निरीक्षण गरेका र छलफल गरेका हुन ।इश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्यको अथक प्रयास पछि इश्वरपुर नगरपालिका १२ घारिबथानमा जेठ २८ गते अस्थायी प्रहरी पोष्ट कालिन्जोर घारिबथानको स्थापना गरिएको हो ।