सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरस्थित रहेका तीन वटा कार्यालयहरुको नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निरीक्षण गरेका छन् । मन्त्री अधिकारीले लालबन्दी नगरपालिका १ नवलपुर स्थित रहेकोे उष्ण प्रदेशीय बागवानी केन्द्र,तेलबाली अनुसन्धान कार्यक्रम र कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्रको निरीक्षण गरेका हुन्।
संघीय मन्त्रालय मातहतका यि कार्यालयहरुको निरीक्षण गर्दै मन्त्री अधिकारीले कार्यालयहरुको अवस्था,कृषि क्षेत्रमा तीनवटै कार्यालयहरुले गरेका कामहरुको बारे जानकारी समेत लिएका उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरका निमित्त प्रमुख एवम बागवानी विकास अधिकृत राम कुमार यादवले जानकारी दिए ।
उनका अनुसार मन्त्री अधिकारीलाई बागवानी केन्द्रका निमित्त प्रमुख यादवका साथै तेलबाली अनुसन्धान कार्यक्रमका कार्यालयका प्रमुख वरिष्ठ वैज्ञानिक डा.सुवास सुवेदी र कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्रका कार्यालय प्रमुख रामनाथ झाले आफ्नो कार्यालयको वस्तुगत अवस्थाको जानकारी गराएका मन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।
मन्त्री अधिकारीसँगै मधेश प्रदेश सरकारका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले समेत तीनवटै कार्यालयहरुको निरीक्षण गरेका छन्।आफ्नो नगरपालिकाभित्र पर्ने यि तीन कार्यालयहरुको निरीक्षणमा आएका मन्त्री अधिकारी र क्षेत्रीलाई तीनवटैै कार्यालयहरुका प्रमुख तथा कर्मचारीहरुले स्वागत गरेका छन् ।