घरेलु तथा साना उद्योग कार्यालय मलंगवा,सर्लाहीले सेवाग्राहीहरुलाई अनावश्यक दुख दिने गरेकाे पाईएकाे छ । कुनै व्यावसाय दर्ता गर्न कार्यालयमा पुगेका सेवाग्राहीहरुलाई कार्यालयले उपलब्ध गराउनु पर्ने व्यावसाय याेजना(स्किम) समेत कार्यालय बाहिर रहेका फाेटाेकापी सेन्टरहरुमा पाईन्छ भन्दै कार्यालय बाहिर पठाउने र सबै कागजात पुर्याएर सेवा लिन जाँदा पनि विभिन्न वाहनामा अनावश्यक समय लगाई दिने तथा दुख दिने गरेकाे सेवाग्राहीहरुकाे गुनासाे छ।
सम्बन्धित मन्त्रालयकाे वेभसाइटमा पाईने व्यावसाय याेजना(स्किम) समेत कार्यालयमा नराखि बाहिर फाेटाेकापी सेन्टरहरुमा राख्न लगाएर रु एक हजार पाँच सय सम्ममा किनबेच हुने गरेकाे पाईएकाे हाे । साे विषयमा घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका प्रमुख संजीव कुमार दुवेलाई जानकारी गराउँदा सम्बन्धित शाखाका कर्माचारीहरुलाई बाेलाएर कार्यालय भित्र पाईने व्यावसाय याेजना(स्किम) फर्म लिन कुनै सेवाग्राहीहरुलाई बाहिर नपठाउन कार्यालयका कर्माचारीहरुलाई निर्देशन दिए ।
तर उनले लाज पचाएर यसाे भनी रहँदा सम्बन्धित मन्त्रालयकाे वेभसाईटमा पाईने फर्मेट पनि बाहिर पाईन्छ भन्दै पठाईनुले घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका कर्माचारीहरुकाे नियत माथि शंका गर्नु पर्ने सेवाग्राहीहरुकाे गुनासाे छ । उनीहरुका अनुसार सबै कागजात पुर्याएर कार्यालयमा सेवा लिन जाँदा पनि कर्माचारीहरुले विभिन्न बाहनामा झुलाउने तथा दु:ख दिने गरेका सेवाग्राहीहरुकाे गुनासाे छ।