Close This

तस्कर हुदै गरेको अवस्थामा गाई सहित ट्रक सामाजिक अभियान्ताहरुले नियन्त्रणमा लिई बुझाए प्रहरीलाई

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-५ गते   ४११ पटक हेरिएको

पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको घिमिरे चोकबाट गाई सहित ट्रक नियन्त्रणमा आएको छ । लालबन्दीका समाजिक अभियान्ताहरुले पश्चीमबाट लोड भएर बाहिर निर्यात गर्दै गर्दाको अवस्थामा लालबन्दी नगरपालिका १७ वटा घिमिरे चोकबाट गैर कानूनी रुपमा निर्यात गर्दै गर्दा १८ वटा गाई र १३ वटा गोरु नियन्त्रणमा लिएका हुन ।
पश्चीमबाट गाई १८ वटा र गोरु १३ वटा लोड गरेर सर्लाहीको नवलपुरबाट भेटेनरी बनाई बाहिर लैजान खोजेको थाहा पाएपछि त्याहा पुगेका सामाजिक अभियान्ताहरुले ना ६ ख ७६३९ नम्बरको ट्रकसहित पत्रकार सम्मेलन गरि ईलाका प्रहरी कार्यालय लालबन्दीलाई बुझाएका छन । 
रातीको समयमा प्रहरीको आँखा छली गोरुसंग मिसाएर गाईको तस्कर हुने गरेको सुचना पाएपछि पुगेका अभियान्ताहरुले बुधबार राती करिब ९ः ३० बजेको समयमा लालबन्दीबाट बर्दिवास तर्फ जाँदै गरेको अवस्थामा गाई र गोरु सहित ट्रक नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लालबन्दीको जिम्मा लगाएका हुन ।
पछिल्लो समयमा देशका विभिन्न स्थानबाट गोरु व्यापारको नाममा मिसाएर गाइको समेत तस्करी हुने गरेको पाइएको भन्दै उनिहरुले राष्ट्रीय जनावर गाइको तस्करी गर्नेलाई हदै सम्मको कार्बाहीको पनि माग गरेका छन । भने यहिले योसमाचार तयार पर्दा सम्म गाई र गोरु सहित नियन्त्रणमा लिएको ट्रक ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको छ । 
थप विवरण आउन बाँकी 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech