मल किन्न गएका २ किसान महिनौदेखि भारतीय जेलमा

180 Shares

सर्लाहीको बलरा नगरपालिका–५ का सुरेश प्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह सितामढी जिल्लाको सोनवर्षाबाट असार १७ गते पक्राउ परे।त्यसको भोलिपल्टै उनीहरुलाई जेल पठाइयो।उनीहरूको रिहाइको माग राखेर दर्ता भएको निवेदनको पेशी निर्धारित दिनमा हुन सकेन ।खेतमा हाल्न रासायनीक मल किन्न गएका आफ्नो बुबा र ठूलो बुबामाथि अपराधीलाई जस्तो व्यवहार भएको सुरेश प्रसादका छोरा अविनाश सिंहले गुनासो गरे ।भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ४६ किलोको एक बोरा डीएपी र ४६ किलोको एक बोरा युरिया मल नेपाल ल्याउन लागेको आरोपमा उनीहरुलाई पक्राउ परेको थियो ।
“केही घण्टाभित्र मल लिएर फर्कन्छौं भनेर भएका उनीहरु एक महिना भन्दा बढी भइसक्दापनि छुटेका छैनन्।अविनाशले भने,“न खेतमा हाल्न मल पाइयो,न बुवाहरू आए।घरमा सबैको बिचल्ली भइसक्यो।”उनले भने ।न्यायाधीश बिदामा भएकाले सुनुवाइ सरेको सुरेशप्रसाद र नागेन्द्र प्रसादका वकिलले बताए। उनका अनुसार अर्को पेशी साउन २० गतेका लागि तोकिएको छ।त्यसदिन पनि छुट्छ भन्नेमा पनि आफन्तहरू ढुक्क हुन सकेका छैनन्।मल किन्न जाँदा भारतमा पक्राउ परेका दुई नेपाली किसान अझै थुनामुक्त हुन सकेका छैनन्।शुक्रबारका लागि तोकिएको पेशीमाथि सुनुवाइ नभएपछि उनीहरू अझै एक हप्ता नछुट्ने पक्का पक्की जस्तो भएको हो ।
त्यो दिन पनि सुनुवाइ अर्को कुनै बहानाले सर्ने हो कि ? भन्ने परिवारमा चिन्ता छ।वकिल खर्च पनि ठूलो भएको उनीहरु बताउँछन्।रिहाइका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनको माग छ ।“उनीहरूलाई तस्करलाई जस्तो व्यवहार भइरहेको छ।नेपाल सरकारले पहल गरे छिटो छुट्थ्यो।नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।उनीहरुको रिहाइका लागि भारतको विदेश मन्त्रालय मार्फत कुराकानी भइरहेको भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले बताए ।
भारतको विदेश मन्त्रालयमार्फत् निरन्तर संवादमा छौं।प्रहरीसँग पनि कुरा भएको छ। कार्यवाहक राजदूत थापाले बताए।अदालतमा पुगिसकेको विषय भएकाले प्रक्रिया लामो भएको उनले बताए ।नेपाल र भारतका सीमावासीहरू किनमेलका लागि बोर्डर वारपार गर्नु अनौठो विषय होइन । दुई देशका नागरिक बीच“रोटीबेटी”को सम्बन्ध रहेको दाबी गरिने गरेको भएपनि रासायनीक मल किन्न गएका दुई जना किसानहरु महिनौदेखि भारतीय जेलमा रहनुले भारतीय पक्षको भूमिका माथि शंका र्सजना गरेको छ । 
किसानहरुको रिहाईका लागि सरकारले प्रभावकारी पहल गर्नुपर्नेमा भारतका लागि पूर्व राजदूत नीलाम्बर आचार्यले जोड दिए।“आफ्नो नागरिक त्यसरी पक्राउ परिसकेपछि सरकारले किन पक्राउ परे ? कसरी रिहाइ गर्ने भनेर प्रभावकारी तरिकाले पहल गर्नुपर्दछ ।”उनले भने ।आफ्ना दुई जना नागरिक महिनौदेखि भारतीय जेलमा रहँदा पनि सरोकारवाला निकायहरु बेखबर देखिएका छन्।के उनीहरुले मल किन्न जानु नै गल्ती गरेका हुन वा यस घटनाले नेपाल भारतको सम्बन्ध के भनेर चिनाउँछ ? जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार