लालबन्दीको फोहोर वार्षिक ३ लाख भन्दा बढीमा खरिद विक्रि हुने

एसपि गौरव    प्रकाशित: २०८०-५-२३ गते   ४०० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारहरुमा संकलन हुने फोहोर वार्षिक रु तीन लाख भन्दा बढीमा विक्रि हुने भएको छ । लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाई प्रा. लि.काठमाडौँ विच भएको सम्झौता अनुसार नगरपालिका भित्रका बजारहरुबाट निस्कने फोहोर वार्षिक रु तीन लाख ५० हजारमा खरिद विक्रि गर्ने समहती भएको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले जानकारी दिए ।
उनका अनुसार यस अघि फोहोर उठाउने ठेकेदार कम्पनी ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रा.लि.हेटौंडा,मकवानपुरले नगरपालिका भित्रका बजारहरुबाट संकलन भएको फोहोर उठाए वापत नगरपालिकाबाट वार्षिक रु १८ लाख रकम लिँदै आएको भएपनि चालु आर्थिक वर्ष २०८०/०८१ बाट गोकर्णेश्वर सरसफाई प्रा. लि.काठमाडौँले नगरपालिकालाई वार्षिक रु तीन लाख ५० हजार दिने सम्झौता भएको हो ।
लालबन्दी नगरपालिका भित्रका बजारहरुमा संलकन भएको फोहोर ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रा.लि.हेटौंडा,मकवानपुरले कालीन्जोर खोलामा लगेर फ्याँक्दै आएको भएपनि अब गोकर्णेश्वर सरसफाई प्रा. लि.काठमाडौँले संलकन भएको फोहोर नगरपालिकालाई दिने र त्यससंगै रु तीन लाख ५० हजार पनि नगरपालिकालाई नै दिने विषयमा सम्झौता भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।
उनका अनुसार गोकर्णेश्वर सरसफाई प्रा. लि.काठमाडौँले फोहोर उठाउन थालेपछि फोहोर नगरपालिकालाई बुझाउनु पर्ने र नगरपालिकाले फोहोर बुझे वापत सो ठेकेदार कम्पनीले नगरपालिकालाई वार्षिक रु तीन लाख ५० हजार दिने सम्झौता भएको हो ।
 फोहोर मैलामा संकलन भएका कवाडी सामग्री बिक्रीबाट आएको रकम र घरघरबाट उठाउने रकम ठेकेदारकै हुने सम्झौतामा उल्लेख गरिएको नगरपालिकाले जनाएको छ । तर ल्याण्ड फिल्ड साईड नभएकाले नगरपालिकाले यस अघि कालीन्जोर खोला किनारमा लगेर फोहोर डम्पीङ गर्दै आएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech