Close This

सर्लाहीमा फेरी एक साता थपियो निषेधाज्ञा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-७ गते   ५०९ पटक हेरिएको

सर्लाही जिल्लाभर दोस्रो पटक थपिएको निषेधाज्ञाको अवधी आज (आइतवार) सकिँदै छ ।सर्लाहीमा साउन २६ गतेदेखि एक साताका लागि निषेधाज्ञा लगाइएको थियो । त्यसपछि दोस्रो पटक पुनः थपिएको निषेधाज्ञाको अवधी आज राती १२ बजेबाट सकिँदै छ । भने जिल्लामा निषेधाज्ञा पुनः थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनु भयो ।
सुरक्षा प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थितिमा बसेको बैठकले भदौ १४ गते सम्म निषेआज्ञा थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । भने ईश्वरपुर नगरपालिकामा आजबाट एक सातासम्म निषेधाज्ञामा थप कडाई गरिएको छ ।
शनिबार नगरपालिका कार्यालयमा जनप्रतिनिधि, सुरक्षा प्रमुख, उद्योगी, व्यापारी लगायतको बैठक बसेर नगरभित्र समुदाय स्तरमा पनि संक्रमण बढ्दै गएकाले एक साता थप कडाई गर्ने निर्णय भएको नगर प्रमुख मनोज कुमार देवकोटाले जानकारी दिनुस भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech