देशभरका नेवारी समुदायले “नेवाःजात होइन,संस्कृति र मानव सभ्यता हो”भन्दै गाईजात्रा पर्व मनाएका छन् ।देशभरमा नेवारी समुदायको बसोबास रहेका क्षेत्रमा आईतबार गाईजात्रा पर्व धुमधामका साथ मनाइएको हो ।जसमा सिन्धुली र सर्लाहीका विभिन्न स्थानमा पनि “नेवाःजात होइन,संस्कृति र मानव सभ्यता हो”भन्ने नारा लिएर झाँकी सहित र्गाजात्रा पर्व मनाईएको हो ।
एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराएर मनाईने एक परम्परागत पर्व गाईजात्रा पर्व हो।सिन्धुलीमा नेवाःसमाज सिन्धुलीको आयोजनामा सिन्धुलीमाढी २ नम्बर बजारमा रहेको गणेस्थान मन्दिरबाट सुरु भएको गाईजात्रा बजार परिक्रमा गर्दै बसपार्क पुगेर समापन भएको थियो ।भने सर्लाहीमा लालबन्दी नगरपालिका १० स्थित रहेको भिमेश्वर गुठीको आयोजनामा लालबन्दीमा “नेवाःजात होइन,संस्कृति र मानव सभ्यता हो।”भन्ने नारासहित गाइजात्रा पर्व मनाइएको हो ।

कार्यक्रममा परम्परागत वाद्यवादन,नाचगान र व्यङ्ग्यात्मक प्रस्तुतिहरूका माध्यमबाट गाईजात्राको ऐतिहासिक र सांस्कृतिक महत्व झल्काएका थिए ।मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल,रोटी,चिउरा र दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ । वि.सं. १५१२ मा काठमाडौँका राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको बिफरको महामारीमा परेर मृत्यु भएपछि शोकाकुल रानीलाई हाम्रा मात्र होइन,दुनियाँका सन्तान पनि मरेका छन् भनी सान्त्वना दिलाउन जात्रा सुरु गरिएको थियो ।सोही दिनदेखि हरेक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व “गाईजात्रा”विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
त्यस बेला बिफरले मरेकाको घरबाट आफ्नो दरबार हनुमान ढोकासम्म गाईजात्रा गराउन लगाए अनुसार यो यात्रा सुरु भएको इतिहासमा वर्णन गरिएको छ ।समयक्रममा गाई नहुनेले हसाउँदो भेषभूषामा बालबालिकालाई नै गाईको स्वरूपमा प्रदर्शन गराउँदा यसले हँसाउने जात्राको रूप धारण गरेको भनिन्छ । त्यस्तै गाईजात्रामा प्रहसन,सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन,नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ।हाँस्य कलाकारले विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।सरकारले आईतबार अर्थात गाई जात्राको दिन काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ । तथापी पनि देशका विभिन्न शहरमा गाईजात्रा मनाइने गरिएको छ ।