सर्लाही वन प्राविधिक समाजको अध्यक्षमा पुन चौधरी सर्वसहमत

270 Shares

सर्लाही वन प्राविधिक समाज नेपालको दोस्रो अधिवेशन एवम चौथो साधारण सभाबाट अध्यक्षमा पुन सजन चौधरी सर्वसहमत चयन भएका छन् । डिभिजन वन कार्यालय सर्लाहीको सभा हलमा भएको दोस्रो अधिवेशन एवम चौथो साधारण सभा तथा तिहार एवम छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमले चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य  समिति समेत चयन गरेको हो ।
समितिको उपा अध्यक्षमा पवन कुमार खरेल,सचिवमा सुवाश कुशवाहा,कोषाअध्यक्षमा महालक्ष्मी शर्मा र सह सचिवमा उभास प्रधान चयन भएका हुन ।सर्लाही वन प्राविधिक समाजका अध्यक्ष एवम वन अधिकृत चौधरीको अध्यक्षता एवम डिभिजन वन कार्यालय ईलामका डिभिजनल वन अधिकृत विरेन्द्र कुमार साहको प्रमुख आतिथ्यतामा भएको दोस्रो अधिवेशन एवम चौथो साधारण सभा तथा तिहार एवम छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमले नविन कुमार यादव,चन्द्र प्रकाश यादव,सलिना के.सी,सुविज्ञा रायमाझी र सविन भण्डारी लगायतलाई सदस्यमा सर्व सहमत चयन गरेको समाजका सचिव सुवाश कुशवाहाले जानकारी दिए ।
करिब तीन वर्ष पहिला गठन भएको समाजको दोस्रो अधिवेशन एवम चौथो साधारण सभा तथा तिहार एवम छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल वन प्राविधिक संघ मधेश प्रदेश समितिका सचिव अनिल कुमार महतो,डिभिजन वन कार्यालय सर्लाहीका वन अधिकृत सागर बस्याल,सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सिताराम पोखरेल र साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष माधव सरकार लगायतको विशेष उपस्थितिमा रहेको थियो ।दोस्रो अधिवेशन एवम चौथो साधारण सभा तथा तिहार एवम छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा समाजको हाल सम्मको आर्थिक तथा वित्तीय विवरण समेत प्रस्तुत गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

सम्बन्धित समाचार