टिपरकाे ठक्करबाट साहकाे ज्यान गयाे

1.8k Shares

सर्लाहीको बरहथवा नगरपालिका १०, किसनपुर टोलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।दुर्घटनामा मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका ६, लक्ष्मीनियाँ टोल बस्ने अन्दाजी २६ वर्षीय मुकेश साहको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।  साह बरहथवा नगरपालिमा ७ मा रहेको जय शक्तिमान पाउरोटी उद्योगमा काम गर्ने गरेका थिए ।

बाँनिया कन्ष्ट्रक्सनको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्वरको टिपरले विपरीत दिशाबाट गइरहेको ना २१ प ७४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक साहको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिनुभयाे ।  टिपरकाे ठक्करले साहकाे ज्यान गएपछि साे क्षेत्रमा शुक्रबार बिहान करिब ९  बजे भएको सो दुर्घटनाका मृतकको शव घटनास्थमै राखेर स्थानियले आन्दाेलन गरेका छन् । 
दुर्घटनामा संलग्न टिपर र त्यसका चालक मकवानपुरको भिमफेदी गाउँपालिका–६, सिमलटार बस्ने २७ वर्षीय राजु लामालाई बरहथवा प्रहरीले नियन्त्रणमा लिएको छ । भने आन्दोलनकारी स्थानियसंग वार्ता चलिरहेकाे प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार