Close This

मतगणनामा धाँधली गर्न नपाएपछि सुरक्षार्थ खटिएका श.प्र.ना.उ. खड्का फिर्ता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-८ गते   ८९८ पटक हेरिएको

बारा क्षेत्र नम्बर १ का बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सह महामन्त्री तथा खानेपानी मन्त्री उमाकान्त चौधरीले मतगणना स्थलमा दादागिरी देखाएका छन् । बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार समेत रहेका खानेपानी मन्त्री चौधरीले मतगणना स्थलमा दादागिरी देखाएका हुन ।
नेकपा(एमाले)का उम्मेदवार अच्युत प्रसाद मैनाली मन्त्री चौधरी भन्दा करीब ६ हजार बढी मतले अगाडी रहेपछि मतगणना कार्यलाई प्रभावित पार्न मन्त्री चौधरीले मतगणना स्थलमा दादागिरी देखाएका एमालेका नेताहरुले बताए। मतगणना स्थलमा मन्त्री चौधरीले आचारसंहिता विपरित सुरक्षा व्यवस्थालाई खल्बल्याउँने खालका गतिविधि गरेपछि मतगणना स्थलमा खटिएका सुरक्षाकर्मीहरुले रोकेका थिए । त्यस पश्चात मन्त्री चौधरीले मतगणना स्थलमा बनाईएका तारवार र घेराबेरा भत्काउन खोज्दा रोकेपछि शसस्त्र प्रहरी बल सुरक्षा बेस निजगढमा कार्यरत रही बारा क्षेत्र नम्बर १ को मतगणना स्थलमा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरी नायव उपरिक्षक जगन्नाथ खड्काले रोकेपछि उनलाई फिर्ता बोलाई अर्का सशस्त्र प्रहरी नायब प्रहरी बिक्रम मणि अधिकारीलाई पठाइएको छ । निर्वाचन सुरक्षामा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरी नायव उपरिक्षक खड्कालाई मन्त्री चौधरीले नै आफ्नो दादागिरी चल्न नदिएपछि तत्कालै अन्यन्त्र पठाएका स्रोतको दाबी छ ।
शसस्त्र प्रहरी नायव उपरिक्षक खड्काले मतगणना स्थलमा निर्वाचन आचारसंहिता विपरितका गतिविधि हुन नदिने र मतगणना स्थलमा शान्ती सुरक्षामा खल्ल ल्याउन नदिने बताएपछि उनलाई तत्कालै फिर्ता गरि अर्का सशस्त्र प्रहरी नायब प्रहरी अधिकारीलाई ल्याएको स्रोतले दाबी गरेको छ ।
मैनालीले ६ हजार बढी मत ल्याएर अग्रता बनाएपछि मतगणना रोक्न नेपाली कांग्रेसका प्रतिनिधिले प्रयास गरेका र सो कार्य नगर्न शसस्त्र प्रहरी नायव उपरिक्षक खड्काले आग्रह गर्दा उनलाई फिर्ता गरीी  “उनि मतगणना पहिला देखिनै यसै क्षेत्रको सुरक्षामा खटिएको थिए ।मतगणना स्थललाई कसरी सुरक्षित र शान्त बनाई राख्न सकिन्छ भन्ने विषयमा  केन्द्रीत रहेका शसस्त्र प्रहरी नायव उपरिक्षक खड्कालाई मतगणना स्थलमा धाँधली गर्न नपाएपछि मन्त्री चौधरीको सिफारिसमा अचानक फिर्ता गरिनु बारा क्षेत्र नम्बर १ को मतगणनामा शंका गर्ने ठाउँ रहेको छ । ”कमलामाई मिडिया प्रा.लिलाई एक एमाले नेताले बताए । 
मन्त्री चौधरीका प्रतिनिधिहरुले मतगणना बिथोल्ने तथा तारबार भत्काउने प्रयास गर्दा सशस्त्र प्रहरी नायब उपरीक्षक खड्काले रोकेका थिए । सो कारण करिब ९ घण्टा मतगणना समेत रोकिएको थियो ।
“रातमा सत्ता र शक्तिको दुरुपयोग गरि मतगणना रोक्न तथा पुनः निर्वाचन गराउने हेतुका साथ सबैपक्षलाई मिलाएर धाधली गर्ने षडयन्त्र सफल नभएपछि मन्त्री चौधरीले सशस्त्र प्रहरी नायब उपरीक्षक खड्कालाई अन्यन्त्र सरुवा गरे ।” नेकपा(एमाले)का एक नेताले भने,
मन्त्री चौधरीले निर्वाचन प्रचार प्रसारको समयमा पनि मन्त्री पद र सरकारी सवारी साधनको चरम दुरुपयोग गरेका थिए । जसका कारण निर्वाचन आयोगले उनलाई स्पष्टीकरण समेत सोधेको थियो । आवश्यक परेका बखत जुन सुकै कार्य गर्नपनि तयार हुने मन्त्री चौधरीले जसरी पनि चुनावमा जित निकाल्ने षडयन्त्र रच्न सुरु गरेका एक स्थानियले बताए ।
यता,विना कारण शसस्त्र प्रहरी नायब उपरीक्षक खड्कालाई फिर्ता किन गरियो ? भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा शसस्त्र प्रहरी वल नेपाल नम्बर १२ हे.क्वा.गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापाले बारा क्षेत्र नम्बर १ मा कुनै प्रकारको विवाद नभएको भन्दै मन्त्री चौधरीको रक्षा मात्रै गरेनन् उनले मतगणना स्थलमा सुरक्षाको  हिसाबले अर्का शसस्त्र प्रहरी नायव उपरिक्षक अधिकारीलाई पनि थप पठाएको र शसस्त्र प्रहरी नायव उपरिक्षक खड्का पनि त्यहि रहने बताए पनि शसस्त्र प्रहरी नायव उपरिक्षक खड्कालाई पुन वेश फिर्ता गरिएको छ । बारा क्षेत्र नम्बर १ को मतगणना कोहल्वी नगरपालिकाको भवनमा जारी रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech