सर्लाही सहित मधेश प्रदेशमा आज चैती छठ मनाइँदै

927 Shares

शंखर पहाडी(गौरब)
सर्लाही सहित मधेश प्रदेशमा सोमबार चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि सोमबार बेलुका अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ र मंगलबार बिहान उदाउँदो सुर्यलाई अर्घ दिएपछि सकिन्छ ।
सूर्यदेव अर्थात दिनानाथलाई निष्ठापुर्वक अर्घ दिएर बनाईने छठ पर्व अन्र्तगतको चैती छठ विधिवत रुपमा मंगलबार बिहान समापन हुने छ । कात्तिकमा मनाइने छठ पर्व जतिको संख्यमा श्रद्धालु भक्तजन नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ ।
सर्लाहीको लालबन्दी,चन्द्रनगर,गोडैता र मलंगवा लगायतका स्थानहरुमा रहेका जलासयहरुमा यो पर्व धुमधामको साथ मनाइदै छ ।  चार दिनसम्म अत्यन्त निष्ठापुर्वक मनाइने चैती छठको पहिलो दिन ‘नहाय–खाय’,दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर‘खरना’,तेस्रो दिन(आज)अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी अर्घ दिइन्छ,जसलाई ‘सझुका अरख’वा सझुवा घाट पनि भनिन्छ ।
सोमबार सूर्य अस्ताउनु एक घण्टा पहिलेदेखि नै श्रदालु व्रतालुहरु जलाशयमा प्रवेश गरि षष्ठीमाताको ध्यान गर्दै दिनानाथलाई अर्घ दिने गर्दछन् । अर्घमा ठकुवा,भुसुवा,मुला,उँखु, भाण्टा,ठकुवा,भुसवा,केरा र नरिवललगायतका सामग्री प्रसादको रुपमा चढाइन्छ ।
श्रदालु व्रतालुहरू जागरण बसी भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको समापन हुने छ । चैती छठ गर्दा हरेक मनोकाङ्क्षा पूरा हुनुका साथै छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास रहेको छ ।

सम्बन्धित समाचार