ट्याक्टर दुर्घटना भएको १ महिना सम्म पनि चालक प्रहरीको नियन्त्रण भन्दा बाहिर

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-४-१४ गते   ५२६ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर स्थित पुर्व पश्चीम राजमार्गमा असार ८ गते भएको ट्याक्टरका चालक प्रहरलिे अझैँ नियन्त्रणमा लिएको छैन् । पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी नगरपालिका १ नवलपुरमा पुर्वबाट पश्चीम तर्फ जाँदै गरेको ना ७ त ५१६१ नम्बरको ट्याक्टरले किचेर ट्याक्टरमा सवार एकजनाको ज्यान गएको थियो ।
त्यस लगतै फरार रहेका ट्याक्टरका चालकलाई प्रहरीले एक महिना हँुदा समेत नियन्त्रणमा त के परिचान पनि खुलाएको छैन् । हरिवन नगरपालिका ४ स्थित सासपुरमा रहेको टाटा इट्टा भट्टाबाट इट्ट लिएर परवानीपुर गई इट्टा अनलोड गरि फर्किने क्रममा ट्याक्टरमा सवार ३ जना मध्य हरिवन नगरपालिका ४ का अन्दाजी वर्ष १७ का सुरज कुमार महतोको ज्यान गएको हो । ट्याक्टरमा सवार ३ जनाहरुमा अरु २ जना सकुसल रहेका छन् । सोही समयदेखि ट्याक्टरका चालक फरार रहेका भएपनि प्रहरीले चालकको विवरण समेत खुलाउन नसक्नु वा नचाहनुले घटनामा प्रहरी माथ िपनि श.का गर्नु पर्ने स्थानीयको भनाई छ ।भने दुर्घटनामा संग्लग्न ट्याक्टर ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको छ भने फरार चालकको खोजी भई रहेको प्रहरीले जनाएको भएपनि एक महिना हुँदा समेत विवरण समेत सार्वजनिक नगर्नुले प्रहरी माथी शंका सृजना भएको स्थानीयले बताए ।
तर दुर्घटना हुँदाको बखतका ट्याक्टरका चालकलाई भगाएको र अर्का चालकलाई प्रहरीले नियन्त्रणमा राख्ने प्रयास भने प्रहरीले नगरेको होईन् ।यस अघि पनि ईलाका प्रहरी कार्यालय लालबन्दीले दुर्घटनामा संग्लग्न नरहेको ट्याक्टर नियन्त्रणमा राखेर मुद्धा चलाएको थियो । त्यसैगरी,टाटा इट्टा भट्टाका सञ्चालक नागेन्द्र जयसवालले उक्त ट्याक्टर मोक्तान कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि हरिवन नगरपालिका ११ को रहेको र आफ्नो इट्टा भट्टाबाट इट्टा किनेर लगेका कारण भट्टासंग सो ट्याक्टरको कुनै सम्बन्ध नरहेको बताएका थिए ।
यता,मोक्तान कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि हरिवन नगरपालिका ११ का सञ्चालक राजेश मोक्तानले दुर्घटनामा मृत्यु भएका महतो आफ्नो ट्याक्टरका लेभर समेत नरहेका उनी चालकका साथी रहेका बताएका थिए । साथै उनले चालक हरिवन नगरपालिका ४ का स्थानीय रहेका बताए पनि विवरण सार्वजनिक गर्न मानेन् । यसबाट दुर्घटना भएको ट्याक्टरका मालिक र प्रहरीको मिलेमतो रहेको आशंका गर्न सकिन्छ । दुर्घटना लगतै चालक फरार हुनुले उनीसंग सवारी चालक अनुमती पध समेत नरहेको शंका गर्न सकिन्छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech