संविधान सभाका सदस्य एवम नेकपा(माओवादी केन्द्र) का नेता नरेन्द्रप्रसाद साहले हरिवन नगरपालिका १ स्थित रहेकाे मानव सेवाश्रममा मिष्ठान्न भोजन गराएका छन् । हरिवन नगरपालिका ९ स्थित नयाँरोडमा भाडाको घरबाट संचालन भइरहेको आश्रम शनिबार मात्रै कैलाशपुरीस्थित नगरपालिका कार्यालयले प्रदान गरेको ज्येष्ठ नागरिक भवनमा सारिएको थियो । संविधान सभा सदस्य एवम माओवादी केन्द्रका नेता साहले आश्रममा पुगेर भोजन गराएका आश्रमकी प्रतिनिधि सम्झना अधिकारीले जानकारी दिईन ।
साहसँगै हरिवन नगरपालिकाका नग, प्रमुख रमेश बुढाथोकी (कमल) पनि आश्रममा पुगेका थिए । माओवादी केन्द्रका नेता साह मंसिर ४ मा हुन लागेको निर्वाचनमा सर्लाही क्षेत्र नं. ३ मा गठवन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमाग चुनाव लड्ने तयारीमा रहेका छन् । संविधान सभाका सदस्य एवम माओवादी केन्द्रका नेता साह हरिवन नगरपालिका ९ स्थित सुखेपोखरीमा भएको सडक सरसफाई कार्यमा समेत सहभागी भएका माओवादी केन्द्र हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्तले जानकारी दिए ।
हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीको अगुवाईमा हरेक शनिबार सार्वजनिक स्थल सरसफाई अभियान निरन्तर चलि रहेकाे छ । सरसफाइ कार्यक्रममा निवर्तमान प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती, सुरक्षाकर्मी, स्थानीयवासीलगायत सहभागी भएका थिए ।