सर्लाहीमा शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरु च्याउ सरी,सरोकारवाला निकाय मौन

837 Shares

सर्लाहीमा वैदेशिक रोजगारीका लागि शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरु च्याउसरी खुलेका छन् ।जिल्लाको लालबन्दी,हरिवन र मलंगवा लगायतका स्थानमा पछिल्लो समय च्याउसरी खुलेका वैदेशिक रोजगारीका लागि शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरु कुनैपनि वैधानीक नरहेका पाइएको छ ।

2.jpg
जिल्लाको लालबन्दीमा नौ वटा हरिवनमा दुई वटाका साथै जिल्ला सदरमुकाम मलंगवामा खुलेका करिब डेढ दर्जन शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरु कुनै पनि आवश्यक प्रक्रिया पुरा नगरी सञ्चालनमा आएका पाइएको हो ।स्वदेश तथा विदेशका विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिन,तोकिएका शिक्षण संस्थासम्म विद्यार्थी पुर्याउन शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरुले सहजीकरण गर्ने गरेका भएपनि जिल्लाका कुनैपनि त्यस्ता संस्था वैधानिक नरहेपछि विद्यार्थीहरु ठगिने चिन्ता बढेको अभिभावकहरुको गुनासो छ ।

1.jpg
नेपाल सरकार शिक्षा मन्त्रालयबाट अनुमती लिएर यस प्रकारका संस्थाहरु सञ्चालन गर्नु पर्नेमा २०७५ सालदेखि अनुमती दिने तथा नविकरणको काम मन्त्रालयले रोकेको भएपनि दिनप्रतिदिन खुलेका नयाँ नयाँ यस प्रकारका संस्थाहरुबाट विद्यार्थीहरुका साथै अभिभावकहरु ठगिनेमा दुई मत नरहने जानकारहरु बताउँछन् ।

4.jpg
कम्पनी रजिष्ट्ररको कार्यालयमा दर्ता गरेपनि शिक्षा मन्त्रालयबाट अनुमती लिनै पर्ने प्रावधान रहेको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको व्यावस्था अनुसार अनुमती पत्र प्रदान गर्ने निकायको अनुमती पत्र प्राप्त गरेपछि मात्रै शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरु सञ्चालन गर्नु पर्ने, शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरु सञ्चालन गर्दा आवश्यक भौतिक पुर्वाधारहरुका साथै शिक्षण सामाग्रीहरु र पुस्तकालयको सुविधा हुनुपर्ने,स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र लिँदा सेवा,कार्यप्रक्रिया र व्यावस्था खुलाउनु पर्ने लगायतका प्रावधानहरु रहेका छन् ।

5.jpg
नेपाल संविधानले अधिकार वाँडफाँड गर्दा शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरु तल्लो तहमा समेत भनि तोकिएको भएपनि स्थानीय तहहरुले सो सम्बन्धी ऐन,कानुन र कार्यविधि निर्माण नगरेका कारण संघिय सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नै त्यस प्रकारका संस्थाहरुको अनुमगन तथा निरिक्षक गरि रहेको छ ।

6.jpg
राष्ट्रिय शिक्षा नीति २०७६ लृ गरेको व्यावस्था अनुसार शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरुको नीयमन संघिय सरकारको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने उल्लेख गरिएको छ ।राष्ट्रिय शिक्षा नीति २०७६ को नियम १० दशमलव ३८ को उप नियम १ मा शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरुको नियमन संघिय सरकराको शिक्षा सम्बन्धी विषय हेर्ने मन्त्रालयबाट हुने व्यावस्था छ साथै विदेश अध्यायन गर्न गएका विद्यार्थीहरुको विवरण अनिवार्य अध्यावधिक गर्नुपर्ने उल्लेख गरिएको छ ।

7.jpg
यता,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ सालदेखि शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरुको दर्ता तथा नविकरण रोकेको भएपनि जिल्लामा यस प्रकारका संस्थाहरु धमाधम खुलि रहेका छन् ।शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ मा स्वीकृत पत्रको अवधी एक वर्षको मात्रै रहने व्यावस्था गरिएको छ । त्यस भन्दा बढी समय सञ्चालन गर्नु परेमा समयावधि बाँकी रहेको १५ दिन पहिलै निवेदन दिनुपर्ने र त्यसरी नविकरण गरिएका त्यु प्रकारका संस्थाहरुको पनि नविकरण प्रमाण पत्रको अवधि एक वर्ष मात्रै रहने व्यावस्था छ ।

8.jpg
यस अर्थमा पनि २०७५ साल भन्दा पछि दर्ता भएका वा २०७५ सालमा नविकरण गरेका शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरु सबै गैर कानुनी ठहरिएका हुन ।जसको नियामक निकाय शिक्षा विकास तथा समन्वय ईकाई तथा जिल्ला प्रशासन कार्यालय र सम्बन्धी स्थानीय तहहरुले गर्नुु पर्नेमा सरोकारवाला निकाय कानमा तेल हालेर बस्दा शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरुबाट विद्यार्थीहरुका साथै कामदारहरु र अभिभावकहरु ठगिने निश्चीत छ ।

9.jpg
शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरुको अभिलेखिकरण तथा अनुमगन कसले गर्ने ? भन्ने प्रश्न चारैतिर उठ्न थालेको छ ।ठूलो धनराशी खर्चिएर अभिभावकले वैदेशिक शिक्षा हासिल गर्न पठाउने क्रममा स्वीकृत नभएका शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरुबाट आफूहरु जोगाउनुपर्ने जानकारहरु बताउँछन् । स्वीकृत नभएका संस्थालाई कानुनी दायरामा ल्याउन प्रदेश,स्थानीय सरकार र प्रशासन सक्रिय हुनुुपर्ने सरोकारवालाहरुको भनाई छ ।यस्ता विद्यार्थीहरुबाट एकै पटक पुरा कोर्षको रकम भुक्तानी लिने गरेका एक शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीका सञ्चालकले स्वीकार गरे ।उनले “आफुले सिकेको सिप सिकाउन खोलेको हो प्रक्रियासंग कुनै मतलब छैन सरोकारवाला निकायले बन्द गर् भन्यो भने बन्द गर्दिन्छु ।”उनले निर्धक्क भने ।दर्ता विनै सञ्चालित कतिपय कन्सलटेन्सीहरुले विद्यार्थीसँग नगदमा अग्रिम भुक्तानी लिने विद्यार्थीलाई बिचल्लीमा पार्ने गरेको गुनासो अभिभावकहरुले गरेका छन् ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति नलिई शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरु संचालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय स्रोतले जनायो ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत नलिई शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरु संचालन गरेको पाइए त्यस्ता संस्थालाई ठगी मुद्दामा कारवाहीको प्रक्रिया अगाडि बढाउने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ,तर सरोकारवाला निकायको आँखै अगाडि दिनप्रतिदिन च्याउ सरी खुलेको शैक्षिक परामर्श दाता(भाषा कक्षा)संस्था तथा कन्सल्टेन्सीहरु निर्धक्क अनुमती वेगर सञ्चालन भई रहेका छन् ।

सम्बन्धित समाचार